सामुदायिक सेवा केन्दक्रो सरसफाई १९ औ सातामा

हेमजा, १४ असोज l सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा गरिएको सरसफाइ अभियान १९ औ सातामा आइपुगेको छ । १९ औ सातामा स्थानीय शान्तिचोकदेखि बिष्णुपादुका खेलमैदानसम्मको बाटो सरसफाई गरिएको छ । समाजसेबी सिब श्रेष्ठको प्रमुख आतित्थतामा भएको सो कार्यक्रममा संकलित फोहोर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा हेमजाका विभिन्न संघसंस्थाले समेत सहयोग गरेका थिए । केन्द्रको वार्षिक कार्ययोजना अनुसार आफुहरुले सरसफाई गरेको र यसलाइ निरनतरता दिने केन्द्रका अध्यक्ष बिष्णु बाँस्तोलाले बताएकी छन । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम केन्द्रका सहसचिव सिर्जना सापकोटाले संचालन गरिन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top