दोषिलाई कारबाहीको माग गदै अनेमसंघ र अनेमसंघ क्रान्तिकारले बुझाए ज्ञापनपत्र

पोखरा, १२ असोज । सत्तारुढ दल नेकपा निकटका अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले देशमा बढि रहेका बलात्का र हत्याका घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै गण्डकी प्रदेश सरकार,कास्कीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल महिला संघका तर्फबाट मञ्जुदेवी गुरुङ र नेपाल महिला संघ(क्रान्तिकारी)का तर्फबाट कल्पना पाण्डेले हस्तार गरेको ज्ञापनपत्रमा बलात्कार र हत्याका दोषिमाथि कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । उनीहरुले गण्डकी प्रदेशका आन्तरीक मार्मिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र कास्की प्रहरी प्रमुख ओमबहादुर रानालाई ज्ञापनपत्र बुझाउदै कास्कीमा घटेका घटनाको छानविन गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।

बाँच्न पाउने सवै नागरिकको मौलिक अधिकार भएपनि देशमा महिलाहरुलाई बलात्कार गर्ने र पछि हत्या गर्ने घटना प्रति अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । विद्यालय जाने बालिकाहरु बढि बलात्कारको सिकार भएको र त्यस्ता घटनाले शान्ति सुरक्षामा गम्भिर प्रश्न खडा गरेको भन्दै सोमबार बलात्कारपछि हत्या भएकी १० वर्षीया श्रीया सुनारको हत्या दुःख भएको बताइएको छ । ‘पुम्दीभुम्दी काँदीमा १० वर्षीया श्रीया सुनारको हत्या भएको छ , यसरी बढिरहेको बालिका र महिलाहरुको हत्याले मुलुकको शान्ति सुरक्षामा समग्र राज्य ब्यवस्थाप्रति नै गम्भिर प्रश्न खडा भएको छ ’ विज्ञप्तिमा भनिएको छ । दिनानुदिन महिलाहरु माथि बढिरहेको हत्या र हिंसालाई रोकी महिलाहरु र आम नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न सरकारले विशेष कदम चाल्नुपर्ने माग गरिएको छ।

बालिका र महिलाहरुको हत्याले शान्ति सुरक्षामा समग्र राज्य ब्यवस्थाप्रति नै गम्भिर प्रश्न उठेको भन्दै यस्ता घटनाहरु के कारणले र कसरी घटेका छन् सवै छानविन गरी सत्य तथ्य पत्ता लगाई बास्तविक दोषिमाथि कडाभन्दा कडा कावार्हीको माग गरिएको छ । ज्ञापनपत्रमा घटना छानविन गर्न विशेष खालको संयन्त्रको निर्माण गरी अनुसन्धान संयन्त्रमा महिलाको सहभागीता अनिवार्य गराउन माग गरिएको छ ।

गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले घटना दुःखद भएको बताउदै दोषिलाई हदैसम्मको कारबाहीका लागि प्रदेश सरकारले आफनो तर्फबाट सवै सहयोग गर्ने बताए । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले प्रहरीले आफनो तर्फबाट गर्नुपर्ने सवै काम गरिरहेको बताउदै सोमबारको घटनाका दोषिलाई २४ घण्टा भित्रै समात्न सफल भएको बताए । उनीहरुले प्रहरीमात्रै नभएर नागरिक समाज, जनप्रतिनिधि, स्थानिय, अभिभावक, पत्रकार सवैको सहयोग र साथले मात्रै अपराध न्यूनिकरण र दोषिलाई समात्न सहयोग पुग्ने बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top