नेका क्षेत्र नं. ३ द्धारा साधारण सदस्यता वितरण अभियान शुरु

पोखरा, १०  असोज। नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले साधारण सदस्यता वितरण अभियान शुरु गरेको छ। नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीको आईतवार वृहत भेलाले साधारण सदस्य वितरण अभियान शुरु गरेको हो। साधारण सदस्य वितरणका लागि यस क्षेत्रमा रहेका ३१ वटै इकाई संयोजक तोकी २ सय ५० जना खटाईएको नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले जानकारी दिए।

३१ वटै इकाईमा साधराण सदस्य वितरण सहित संगठन सुदृढिकरण र विस्तार अभियान समेत शुरु गरिन लागिएको हो’, सभापति शर्माले भने,‘यसका लागि प्रत्येक इकाइमा संयोजक सहित सदस्यहरुको टोली खटाईएको छ। द्रुत गतिमा काम गर्न म आग्रह गर्दछु।’

अभियान मंसिर मसान्त सम्म जारी रहने सचिव खिमलाल बास्तोलाले जानकारी दिए। उनका अनुसार खटिएको टोलीले समय भित्रै कार्य सम्पादन गरी क्षेत्रीय समितिलाई प्रतिवेदन पेश गर्नुपर्ने छ । यो अभियान अन्तर्गत ३५ हजार साधारण सदस्यता वितरण गर्ने लक्ष्य लिइएको सचिव बास्तोलाले जानकारी दिए।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top