कालीगण्डकी विद्युत् उत्पादन केही दिनका लागि बन्द

वालिङ, ९  असोज l नेपालकै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी “ए” केही दिनका लागि विद्युत् उत्पादन बन्द गरिएको छ । इनलेट भल्भको मर्मत तथा परिवर्तन गर्नपर्ने भएकाले बिहीबारसम्मका लागि उत्पादन बन्द गरिएको हो ।

ड्यामबाट टनेलमा जम्मा भएको बालुवा, ढुंगा गिटी लगायतको फोहोर सफा गर्ने तथा इनलेट भल्भको मर्मत गर्न बिहीबारसम्म प्रसारण लाइनसमेत
बन्द गरिएको आयोजनाका प्रमुख राजेश पाण्डेले जानकारी दिए । आगामी बिहीबारसम्म पहिलो चरणको मर्मत सक्ने पाण्डेले बताए । पहिलो चरणको मर्मतपछि २५ दिन सम्म २ वटा टर्बाइन मात्र चलाउने र २ नं टर्बाइन बन्द रहने पाण्डेको भनाइ छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top