महिला, अधिकार, सेवा सुविधा र पहुँच बारे सचेतना कार्यक्रम

पोखरा, ८  असोज l सिद्धार्थ क्लब पोखराले महिला अधिकार, सेवा सुविधा र पहुँच बारे सचेतना कार्यक्रम पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा चिप्लेढुङगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न गर्यो । वडा अध्यक्ष रुद्रनाथ बरालले बर्तमान मुलुकी ऐनमा आधारित रहेर महिला अधिकार र सेवा सुविधा सम्बन्धी जानकारी गराउने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रम सान्र्दभिक रहेको भनाई राख्दै यस सचेतनामुलक कार्यक्रमले महिला शशक्तिकरण र स्थानिय निकायमा महिलाको पहुँच पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।


क्लबका अध्यक्ष विनोद श्रेष्ठले सिद्धार्थ क्लब पोखराले विगत देखी महिला,बाल,शिक्षा र वातावरणका क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको स्मरण गर्दै वर्तमान कानुन सम्बन्धी जानकारी प्राप्त गर्न र नयाँ मुलिकी ऐन सम्बन्धी जानकारी विशेषत महिलाहरुलाई आवश्यक रहने हुदा समयसापेक्ष कानुन सम्बन्धी जानकारी गराइएको बारे भनाई राख्दै संस्थाले आगामि दिनहरुमा पनि महिला लक्षित कार्यक्रमहरुलाई निरन्तरता दिने भनाई राख्नुभयो । त्यसै गरि संस्थाका निवर्तमान अध्यक्ष रवि मर्सानी र निर्देशक सुमन कुमार श्रेष्ठले मन्तव्य राख्दै महिलाहरुको उत्थान शशक्तिकरणले मात्र सामाजिक सुरक्षा कायम गर्न सकिने र कानुनी ज्ञान संगै नैतिक र सामाजिक ज्ञानलाई आत्मसाथ गर्न सके मात्र समाजका विभिन्न समस्याहरुमा कमी आउने बारे धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा अधिवक्ता गीता पौडेल, पोखरा महानगरपालिका वडा कार्यालय ८ का वडा सदस्य लक्ष्मी कौशल, वडा कार्यालय ९का सदस्य गीता नेपाली, राष्ट्यि महिला अधिकार मञ्च कास्कीका अध्यक्ष कल्पना ढकाल, सम्झौता नारी जागृती समूहका अध्यक्ष जानुका गौतम, भवानी आमा समूहका अध्यक्ष सीता कुवँरले महिला अधिकार र हितका सवालमा नयाँ मुलुकी ऐनमा संसोधन गर्न पर्ने सवालहरु धेरै रहेको, कानुन व्यवहारमा लागु नभएको, अधिकार प्राप्तिमा आफुहरुनै सचेत रहनु पर्ने र स्थानिय तहका सेवा सुविधा प्राप्तीमा महिलाको सहज पहुँचको वातावरण सृजना गर्नु पर्ने लगायतका भनाई राख्नुभएको थियो ।

कार्यक्रममा अधिवक्ताद्वय कल्पिता मर्सानी र गीता पौडेलले नयाँ मुलुकी ऐन २०७५ मा आधारित रहि महिला अधिकार, सेवा सुविधा र पहुँच बारे जानकारी गराउनुभएको थियो । पोखरा महानगरपालिका वडा कार्यलयका महिला जनप्रतिनिधि, स्थानिय संस्थाका महिलाहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालन सचिव प्रमोद नारायण श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष पार्वती माकाजूले राख्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top