स्याङ्जामा सिपाहीले आफै गोली हानेर आत्महत्या - SamacharpatiSamacharpati        

स्याङ्जामा सिपाहीले आफै गोली हानेर आत्महत्या

स्याङ्जा, ८ असोज  l  जिल्ला कारागार स्याङ्जामा कार्यरत १ सिपाहीले आफै गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ड्यटीमा खटिएका नवलपुरको त्रिवेणी गाउँपालिका ६ का २५ वर्षे जीतेन्द थापाले  आफूले बोकेको राइफलबाट गोली हानेर आत्महत्या गरेको जिल्ला  प्रहरी कार्यालय स्याङ्
जाले जनाएको छ । बिहान ३ बजे मार्कफोर राइफल लिएर डयुटीमा  पुगेका थापाले च्यापमा गोली हानेर  आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रकाश  बिष्टले बताए ।

घाइते अवस्था अस्पताल पुर्याएलगत्तै  उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । २०७० सालामा प्रहरी सेवामा प्रवेश गरेका उनी २ महिनादेखि
कारागारमा खटिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित