नेपाली काँग्रेस वि.पी. कास्कीमा ५७ सदस्यीय कार्यसमिति

पोखरा, ८ असोज । नेपाली काँग्रेस वि.पी. कास्की जिल्ला कार्य समितिले आइतबार ५७ सदस्यीय कार्यसमिति विस्तार गरेको छ ।सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै सपथ ख्वाइएको थियो । नेपाली काँग्रेसले वि.पी.को सिद्धान्त अनुरुप कार्य गर्न नसकेको भन्दै नेता हरिवोल भट्टराईको अध्यक्षतामा २०६४ सालमा गठन भएको नेपाली काँग्रेस वि.पि. जिल्ला कार्य समिति कास्कीको सभापतिमा चन्द्रबहादुर रानाभाट रहेका छन्।

कार्यक्रममा महामन्त्री शुशिलमान शेरचनले नेपाली काँग्रेसले जनताले अपेक्षा गरेको भन्दा भिन्दै वाटोमा हिडेंका कारण आफुहरुले वि.पी.को विचारलाई आत्म साथ गर्दै नेपालको समग्र विकासको लागि नयाँ पार्टीको निर्माण गरेको वताएका थिए । अर्का महामन्त्री पुष्प पराजुलीले नेताहरु डलरमा विकेर नेपाललाई गणतन्त्र घोषणा गर्नुका साथै धर्म निरपेक्ष वनाएको आरोप लगाए । नेपालका काँग्रेस र कम्युनिष्ट पार्टीहरु विदेशीको इशारामा चलेर देशलाई सिक्किमीकरण गराउँन लागेको वताएका छन् ।

तनहुँ जिल्ला सभापति यमबहादुर आले, विश्वहिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, नेताहरु ठाकुर कडेंल र ध्रुब श्रेष्ठ, तरुण दल केन्द्रिय सदस्यहरु भिमसेन थापा र अर्जुन लामा, लमजुङका पशुपति घिमिरे लगाएतले वोलेका थिए । जिल्ला सभापति चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश केन्द्रीय सदस्य खड्गबहादुर विकले र संचालन केन्द्रिय सदस्य झविन्द्रराज आचार्यले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top