मध्यनेपालका जनप्रतिनिधिलाई प्रश्न : बाटो बिग्रदा के हेरेर बस्नु भयो ? पहिरो पन्छाउन हरेक पटक स्थानीय बासिन्दाले आफ्नै खल्ती छाम्नु नपरोस्

दिपक गुरुङ ।
“स्थानीय सरकार, नगरपालिका प्रमुख, वडा अध्यक्ष छन् भन्दैमा के गर्नु जबसम्म जनताको काम आउदैनन् । यस्ता मुखियाहरु प्रति मुर्दावाद ।” भन्दै आफु लगायत झन्डै २ हप्ता भन्दा बढी सास्ती भोगेका मध्यनेपाल नगरपालिका – ७, लम्जुङ्ग स्थित घरजुङ्गे खोला तथा लक्ष्मीबाजार स्थित स्थानीय बासिन्दाहरुको सरोकारवालाहरु संगको रिस पोख्दै थिए साथी विकास गोतामे “हाम्रो करापुटार” भन्ने फेसबुक पेजमा, हुन पनि हो रिस पनि किन नउठोस, बर्षाको कारण ठाडो खोलामा बाढी आइ रामबजार नाल्माफेदी सडक खण्ड अन्तर्गतको घारजुङ्गे खोला, अधेरी खोला, देउराली खोला, सेती खोला, ढुम्रे खोला र अन्य स्थानमा सडक बगाउँदा र कुनै स्थानमा पहिरो साथै रुख हरु ढल्दा यहाँका स्थानीयहरुले धेरै नै सास्ती खेप्नु पर्यो बितेका २ हप्तामा, तर हिजो र आज को मिति सम्म आइ पुग्दा झन्डै दुई हप्ता भन्दा बढी जनताले स्थानीय सरकार, नगरपालिका तथा वडाको मुख ताक्दा पनि सरोकार पक्षले सिन्को पनि नभाँची दिंदा मध्यनेपाल नगरपालिका ७ स्थित घरजुङ्गे खोला तथा लक्ष्मीबजार नजिकैको अधेरी खोलामा उक्त भेगका स्थानीयहरुले आफ्नै पहलमा सडक बाटो मर्मत गरे ।

स्थानीयहरुले आफ्नै पहलमा बाटो लक्ष्मीबजार सम्म बाटो मर्मत गरे पश्चात पुन: बस सेवा त्यस भेग सम्म पुग्न सजिलो त भयो तर लक्ष्मी बजार देखि नाल्मा फेदी सम्म को बाटो भने यथाबत् नै रह्यो ।

स्थानीय निकाय र सरोकार वालाहरु सुतेर बस्ने नै भए भने पछि मध्यनेपाल नगरपालिका – ८, पतरी का स्थानीय युवा सन्तोष गुरुङ को पहल मा आज स्याउली बजार देखि नाल्मा फेदी सम्म बसोबास गर्ने व्यक्ति र कार्यरत विभिन्न संस्था हरु संग मिलेर बाटो मर्मत गर्ने कार्य भएको छ । बाटो भत्किए पछि सरोकार निकाय ले ध्यान दिनु पर्ने र जनतालाई सर्वसुलभ सुविधा यथासिघ्र दिइनु पर्ने हो तर सरोकार पक्ष मौन बसे पछि बाटो आफैमा अतन्त्य जरुरि चिज भएकोले स्थानीय बासिन्दा हरु आफै एकजुट भई रकम उठाई मर्मत गरेका छन् ।

तस्बिर सौजन्य को लागि सन्तोष गुरुङ लाई बिशेष धन्यवाद सहित गाउँ जाने बाटो मर्मत गर्न को लागि मलाई पनि सम्झेर मेरो तर्फ बाट पनि सानो रकम सहयोग लिएर आज बाटो खुलाउने काम सफल पार्न आफ्नो भूमिका खेल्नु हुने समस्त गाउँले साथी भाई तथा रकम सहयोग गर्नु हुने अन्य समस्त हरेक व्यक्ति प्रति आभार प्रकट गर्न चाहन्छु तर जाँदा जाँदै हरेक पटक बर्खाको समय बाटो बिग्रन्छ, तर हरेक पटक स्थानीय बासिन्दाले आफ्नै खल्ती छाम्नु नपरोस् र सरोकार निकाय ले नपारोस् तर सहायता यथासिघ्र गरोस् ।

दिपक गुरुङको फेसबुकबाट

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top