लायन्स बिन्धबासीनी चौेतारीद्धारा बिबिध कार्यक्रम सम्पन्न

 पोखरा, ३ असोज । लायन्स क्लव अफ पोखरा चौतारी बिन्धबासिनीले संबिधान दिवसको अवसर पारी बिबिध कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार लायन्स सर्भिस सेन्टर माटेपानी पोखरामा दृष्ट्रि बिहिनको लागि १५ स्थान सेतो छडि र नगद १० हजार अर्थिक सहयोग प्रदान गरेको थियो । सोहि दिन पोखरा १४ स्थित बात्सायन बृद्धाश्रममा आर्थिक सहयोग सहित सरसफाईका सामाग्री प्रदान गरिएको थियो । बृद्धाश्रम परिसरमा क्लवको आयोजनामा गतबर्ष रोपिएका विरुवाको गाडमेल र थप नयाँ फलफुलका बिरुवा रोपिएको चौतारी बिन्धबासीनीका अध्यक्ष कोपिला भुजेल जानकारी दिईन । ‘लायन्स अन्तराष्ट्रियको अभियान र क्लवको बार्षिक कार्यक्रम अनुसार नै संबिधान दिवसको अवसर पारी बृक्षारोपण गरेका छौं’ उनले भनिन। ‘यस्तै अन्य समाज सेवाका महत्वपूर्ण कार्य क्लवले गर्दै आएको छ ।’


कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट चिफ पिआरओ परमेश्वर बरालले वातावरणीय सन्तुलनलाई कायम राख्दै हराभरा र हरीयाली कायम गर्न लायन्सले बृक्षरोपण कार्यक्रम संचालन गर्दै आएको बताए । ‘बिश्वमा बढ्दो वातावरणीण प्रदुषणलाई नियन्त्रण गर्न यस अभियानले सघाउ पु¥याउनेछ’ उनले भने ‘बृक्षरोेपण र सरसफाई अभियान चलाएर लायन्सले वातावरणको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ ।


लायन्स क्लव अफ पोखरा चौतारी बिन्धबासिनीका अध्यक्ष कोपिला भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं बात्सायन बृद्धाश्रममाका अध्यक्ष बोध बहादुर कार्की, डिष्ट्रिक्ट ३२५ बी १ नेपालका कमिटीचेयरपर्सन राजेन्द्र पहारी, क्लबका सचिव केशवराज शर्माले लायन्स समाज परिवर्तनमा खेलेको भुमिकाको बारेमा आ–आफ्ना भनाई राखेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top