४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ३ असोज l  

मनाङ :उपचारको क्रममा मृत्यु

मिति २०७५/०६/०३ गते चामे गाउँपालिका-३ स्थितमा ज्यामी काम गर्ने तनहुँको बन्दिपुर-३ फिदिमचौर बस्ने वर्ष ५७ को गुन बहादुर गुरुङ भन्ने कमान सिंह गुरुङ मिति२०७५/०६/०२ गते निमोनियाको बिरामि भई जिल्ला अस्पताल मनाङमा उपचारको लागी पठाईएकोमा थप उपचारको लागी बेसीसहर लम्जुङतर्फ लैजाने क्रममा मृत्यु भएको छ । घटनास्थलमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी(पुर्व) : नदिमा बेपत्ता

आज मिती २०७५/०६/०३ गते गैडाकोट नगरपालिका-६ रामघाट बस्ने १६ वर्षीय मनोज कँडेल लगायत अन्य २ जना साथिहरु नारायणी नदिको रामघाट भन्ने स्थानमा पौडी खेल्न जाँदा निज मनोज कँडेल नदिले बगाई वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई गई खोजतलाश भईरहेको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top