यसपालि दशै भन्दा पहिला अरु केहि आईदियो

 पोखरा, ३ असोज l

यसपालि
दशै भन्दा पहिला अरु केही
आईदियो।
पोहोर साल अभावै अभावको
दैश मनाएका थियौ
न कुनै रङ्ग न कुनै तरंग
तर यसपालि दशै भन्दा पहिला अरु केही
आईदियो।

यसपालि पोहोर जस्तै
नहोस् भनि बाबाले देशैको तैयारी
थाल्नु भएको थियो।
खोरमा अहिले त सानो भय
पनि खसी पाल्नु भएको थियो l
तर यसपालि दशै भन्दा पहिला बाढ़ी आईदियो
खोर बगाई लगेछ खसी संगै
अनि संचित सबै नौरङ्गी सपना पनि।

तर
आश त कहा मरेको थियो र
सपनाहरु सबै त कहा मेटिएका
थिए र !
बाबाले सुमसुमाउदै भन्नु
नआतिऊ यसपालि धूमधाम
मनाउनु पर्छ भन्दै,
पिढी मा सुलतान जानु भो।
तर यसपालि दशै भन्दा पहिला पहिरो आईदियो
पिढि बगाई लगेछ संगै सुतेका बा पनि
अनि संचित सबै नौरङ्गी सपना पनि।

किन किन अझै आशाहरु
जीवित भए झै लाग्थो
तै बेला आमा आएर पटुकी फुकालदै
यि हेर 1500 छ तिमीहरुको लागि
नया कपडा किन्ने भन्दै देखाउनु भो
फेरी सपना बुनदै निदायौ।
तर यसपालि दशै भन्दा पहिला हुरी आईदियो
आमाको पटुकीको पैसा उठाई लगेछ सगै आमा पनि
टाढा क्षितिज पारी
अनि संचित सबै नौरङ्गी सपना हरु पनि।

अब बाकी त के नै थियो र
न सपना बाकि थियो
न केही आश
पोहोर साल त सपना मात्र खोसिएका थिए
अहिले सबै खोसिए मौन हुदै
बहिनी लाई लिएर म पनि निदाई दिए
कहिल्यै नउठने गरी
उतै क्षितिज पारी बाआमा सगै मनाउला दशै भनेर।

हो
यसपालि दशै भन्दा पहिला अरु केहि आईदियो ।
यसपालि दशै भन्दा पहिला अरु केहि आईदियो।

किस्मत जङ्ग कार्की 
फेदीखोला 2 स्याङ्जा।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top