संविधान दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङद्वारा शुभकामना व्यक्त

पोखरा, ३ असोज । सविधान दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले शुभकामना दिएका छन् । असोज ३ गतेको परेको सविधान दिवसको अवसरमा गुरुङले शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको शुभकामना बक्तब्य यस्तो छ :

नेपाली जनताको लामो संघर्ष र वलिदानबाट गठित संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्तिएवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भै तीनै तहको सरकारहरु संचालनमा रहेको यो घडी संविधानको कार्यान्वयन र संघीयताको सुदृढीकरण एवं विकासको लागि महत्वपूर्ण रहेको छ ।

संविधान बमोजिम प्राप्त अधिकार र कर्तव्यको पालना गर्दे प्रदेशको विकास र समृद्धिको लागि गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । प्रदेश सरकार संचालनका लागि आवश्यक कानून र संगठन संरचनाको निर्माण, नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गरी कार्यान्वयन भइरहेको छ । यिनै नीति तथा कार्यक्रम तथा बजेटको कार्यन्वयनबाट समृद्ध प्रदेश, सुखी जनताूको नारा साकार पार्न यो संविधान दिवसले हामी सवैलाई प्रेरणा मिलोस भनि कामना गर्दछु ।

अन्त्यमा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधीनता,राष्ट्रिय हित रसामाजिक सदभाव कायम भई स्थिरता, शान्ति सुव्यवस्थाका माध्यमबाट समृद्ध प्रदेश, सुखी जनताको महान अभियानमा सवैको सहयोग र समर्थनको अपेक्षा गर्दे संविधान दिवसको अवसरमा सवै नेपालीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top