नागरिकको स्वास्थ्यमा गम्भिर छौ : कार्यबाहक प्रमुख गुरुङ

पोखरा, ३ असोज । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले ल्याण्डफिल्ड साईडको मंगलबार अवलोकन गरेकी छन् ।

महानगरपालिका वडा नम्वर १४ मा ल्याण्डफिल्डका कारण केही नागरिककको घरमा हरियो माखा आएको गुनासोलाई सम्वोधन गदै उनले अवलोकन गरेकी हुन् । अवलोकनमा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, न्यायीक समिति सदस्यद्धय किशोर बराल र पार्वती कार्की तथा महानगर फोहोरमैला महाशाखा प्रमुख कल्पना बराललाई लिएर काबा प्रमुख गुरुङले अवलोकनमा गएकी थिइन् ।

नागरिकको स्वास्थ्यमा असरपर्न सक्ने गुनासोलाई तत्काल सम्वोधन गर्नुपर्छ भन्ने मान्यताले आफुले ल्याण्डफिल्ड सहित त्यस आसपासको बस्तीमा माखा आए नआएको बारे स्थलगत अवलोकन गरेको बताइन् । केही नागरिकले घरमा हरियो माखा आएको कारण समस्या भएको गुनासो गरेपछि त्यस क्षेत्रमा अवलोकन गरेको र त्यस्तो कुनै प्रकारको माखा नदेखिएको पाइएको उनले जानकारी दिइन् ।

ल्याण्डफिल्ड साइडमा माखा आएका कारणले त्यस्तो भएको होकी भन्ने लागेर त्यहाँ अवलोकन गर्यौ तर त्यहाँ केही भेटिएन उनले भनिन्, त्यसपछि त्यस वरपरका बासिन्दालाई घरमै पुगेर जानकारी लिदा माखा नआएको पाएको छ । नागरिकको स्वास्थ्यप्रति महानगर गम्भिर छ, त्यसैले चासो लिएर आफै स्थलगत अवलोकनमा गएकी हुँ उनले भनिन् । ‘महानगरबासीको स्वास्थ्यका बारेमा सचेत र गम्भिर छौ, त्यस्तो कुनै समस्या देखि जानकारी गराउन आग्रह गछौ ।’ उनले ल्याण्डफिल्ड साइडको अवस्था, भैरहेका कामका बारेमा जानकारी लिएकी थिइन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top