सडक बन्द, मुस्ताङका स्याउमा आउन थाल्यो गन्ध - SamacharpatiSamacharpati        

सडक बन्द, मुस्ताङका स्याउमा आउन थाल्यो गन्ध

मुस्ताङ, २ असोज । सडक बन्द भएपछि मुस्ताङका स्याउमा गन्ध आउन थालेकोब छ । बाढी पहिरोका कारण बेनी जोमसोम सडकखण्ड अवरुद्ध भएपछि स्याउ ढुवानीमा समस्या भएको छ र स्याउ कुहिन थालेका छन् ।

झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ ।

यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पुर्‍याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् ।

म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगैंचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् ।

थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीले ढुवानी समस्याका कारण स्याउ कुहिन थालेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित