अग्रज पत्रकार गंगाधर पराजुलीलाई मातृशोक - SamacharpatiSamacharpati        

अग्रज पत्रकार गंगाधर पराजुलीलाई मातृशोक

पोखरा, २ असोज । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई मातृशोक परेको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं पोखराका अग्रज पत्रकार पराजुलीकी ममतामयी आमा कलावती पराजुलीको ९३ बर्षको उमेरमा सोमवार निधन भएको हो । स्व. पराजुलीको मंगलवार अन्त्येष्टि गरिने पारिवारजनले जानकारी दिएका छन् । पराजुलीका ४ छोरा र एक छोरी छन् ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बरालले विज्ञप्ती मार्फत पराजुलीकी आमाको निधनले स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ ।

यता नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पत्रकार गंगाधर पराजुलीको आमाको निधनले स्तब्ध भएको जनाएको छ।

अध्यक्ष त्रिभुवन पौडेलले शोक वक्तव्य जारी गरि स्व. पराजुलीको मंगलवार हुने अन्तिम संस्कार कार्यक्रममा उपस्थित हुन प्रदेश अन्तरगतका जिल्लाका सबै सदस्यहरुमा आग्रह गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित