४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २८ भदौ l

कास्की मृत अवस्थामा फेला
पोखरा महानगरपालिका-२४ पामे घर भई पोखराको जरेवरमा डेरा गरी बस्ने वर्ष २५ कि माया बोधी लामा मिति २०७५/०५/२५ गते देखि हराईरहेकोमा आज मिति २०७५/०५/२८ गते १२:१५ बजे पोखरा-१७ रातोपहिराको कुलोमा शव फेला परेको छ । घटनास्थलमा प्रहरी टोली खटिई गई थप अनुसन्धान गरिरहेको छ ।


लमजुङ पहिरोले पुरेर १ जनाको मृत्यू
मिति २०७५/०५/२७ गते भएको वर्षाको कारण मर्स्याङदी गाउँपालिका-३ बस्ने वर्ष ५५की ललिता माया गुरुङको १ तल्ले ढुङ्गा माटोले बनेको घरमा माथिबाट पहिरो खस्दा निज ललिता माया गुरुङको घटनास्थलमा नै मृत्यू भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई गई थप अनुसन्धान गरिरहेको छ ।

लमजुङ  पहिरोले क्षती
मिति२०७५/०५/२७ गते भएको वर्षाको कारण मर्स्याङदी गाँउपालिका-६मा पहिरो जाँदा ०८ वटा घरमा क्षती हुनुका साथै ५ वटा बाख्रा र १ भैसीको समेत मृत्यू भएको छ । घटनाका विषयमा आज मिति २०७५/०५/२८ गते जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली उद्धारको लागि खटिई गएको छ ।

स्याङ्जा स् सवारी दुर्घटनामा ५ जना घाईते
मिति २०७५/०५/२८ गते पुतलीबजार नगरपालिका-७ काफलबुटा भन्ने स्थानमा बेसिगाउँबाट तनहुँको दुलेगौडातर्फ जाँदै गरेको ग१ज ५०५२ नं. को जिप सडकबाट अन्दाजी १० मिटर तल खस्न जाँदा जिपमा सवार चालक सहित ६ जना मध्ये ५ जना घाइते भएका छन् । घाईते हुनेहरुमा पुतलिबजार नगरपालिका-७ कि १२ वर्षीया रितु के.सि.चन्द्र कु.गुरुङ, कविता गुरुङ वर्ष ४३ को हुम ब. गुरुङ र ३८ वर्षीया रुपा गुरुङ रहेका छन् । घाईते भएका सबै जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।

पर्वत  शव फेला
मिति २०७५/०५/२८गते कुश्मा नगरपालिका-१ शहस्रधारा नजिकै कालिगण्डकी नदीको किनारमा हालसम्म नाम,थर ,वतन नखुलेको अन्दाजी वर्ष ४०/४५ की महिलाको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कास्की  सवारी दुर्घटनामा १ जना घाईते
मिति २०७५/०५/२८ गते पोखरा महानगरपालिका-८ नागढुङ्गाको ओरालोमा हालसम्म नम्बर नखुलेको मोटरसाईकलले सोहि स्थनाका १८ वर्षीय लक्ष्मण श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाईएको छ । ठक्कर दिने मोटरसाईकल फरार रहेकाले खोजतलाश कार्य भईरहेको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top