रामेश्वरी आमा समूहको शभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा, २८ भदौ l पोखरा १४ स्थित रामेश्वरी आमा समूहले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नं. १४ का वडा सदस्य यशोदा भट्टराइले शुभकामना दिनुहुँदै तिज पर्वले महिला दिदीबहिनीहरु बीच सद्भाव कायम राख्ने र नेपाली कला संंस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।


कार्यक्रममा मेरिगोल्ड बोर्डिङ स्कुलका प्राचार्य प्रविन गुरुङले बालमानेविज्ञान सम्बन्धी भिडियो प्रस्तुत गर्दै गृहव्यवस्थापनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिनुभएको थियो । यसैगरी वडा नं. १४ का दलित महिला सदस्य सुनकमाली वि.क., रामेश्वरी उ.मा.वि.का प्र.अ. तुलसी प्रसाद चापागाइँ, मेरो नेपाल युवा क्लवका अधयक्ष हरि जि.सी. लगायतले शुभकामना व्यक्त गर्दै भड्किलो तिज पर्व मनाउने प्रचलनका चिर्दै यस आमा समूहले सरल र नमुना कार्य गरेकोमा सह्राहनीय व्यक्त गरेका थिए ।

त्यसैगरी सोही अवसरमा रामेश्वरी टोलका बृद्धा महिला आमाहरुलाई सम्मान गरिएको थियो भने उक्त टोलका एस.इ.इ. परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । रामेश्वरी उच्च माविका सहायक प्र.अ. डिलसुवा गुरुङ र गायिका सविना क्षेत्रीले सचेचनामूलक तिज गीत गाएर थप मनोरञ्जन गराएका थिए ।

रामेश्वरी आमा समूहका अध्यक्ष लक्ष्मी रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शोभा वि.क.ले गर्नुभएको थियो भने शुभकामना मन्तव्य कोषाध्यक्ष अस्मिता गुरुङले व्यक्त गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top