जान्नुहोस ! ग्रिन टी स्वास्थ्यका लागि कति लाभदयाक

ग्रिन टी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । ग्रिन टीमा पाइने एन्टिअक्सिडेन्टले सम्भावित कैयौँ रोगबाट बचाउने गर्छ । त्यसैले दिनमा ४–५ पटक यसको प्रयोग गर्दा लाभदायक हुन्छ ।यसको सेबनले महिलामा स्तन क्यान्सरको सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।छालासम्बन्धी रोगबाट पनि बचाउन मद्दत गर्छ भने स्मरणशक्ति बढाउनका लागि पनि प्रयोग गरिन्छ ।

किनकि, यसले ब्रेन फङ्सनलाई एक्टिभ बनाउने काम गर्छ । त्यसैले यसको सेबन दैनिक गर्नु राम्रो मानिन्छ ।ग्रिन टीको एन्टिअक्सिडेन्टले क्यान्सरको सेललाई मार्ने पनि काम गर्छ ।

यसले विशेषगरी ब्रेस्ट, ब्लाडर, ओभरीयन, थ्रोट, लङ, प्रोस्टेट र पेटको क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्छ ।यसले अल्जाइमर हुनबाट पनि जोगाउँछ ।यति मात्र होइन ग्रिन टीले दाँतलाई बलियो बनाउन भूमिका निर्वाह गर्छ ।त्यसैले स्वास्थलाई मध्यउ नजर गर्दै ग्रिन टि पिउनु लाभादायक मानिन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top