रामघाट तिज बिशेष कार्यक्रम सम्पन्न

पोखरा, २८ भाद्र l नेपाली नारीहरुको महान चाडका रुपमा रहेको हरितालिका तिज पर्व पोखरा रामघाटमा तिज बिशेष कार्यक्रम सम्पन्न गरि महिलाहरुले धुमधामका साथ मनाएका छन । गिताशान्तिमार्ग महिला समूह पोखरा १० रामघाटले पोखराको रामघाट स्थित प्रसिद्ध धार्मिक स्थल शिवमन्दिर गीतामन्दिर परिसरमा खुल्ला तीजगीत प्रतियोगिता आयोजना गरेको थियो ।

मौलिक संस्कृतिको जर्गेना गरौ बिकृती र बिसंगतीको अन्त्य गरौ ”भन्ने उद्धेश्यका साथ आयोजना गरिएको खुल्ला तिजगित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । जस अन्र्तगत कमला जैसी आमा समूह हेम्जा प्रथम , कामधेनु महिला समूह, हेम्जा द्धितीय ,संजिबनी नारी समूहले तृतीय स्थान प्राप्त गरेका थिए भने मेट्रोपोटियन एकेडेमी बिधार्थी समूहले सान्त्वना पुरस्कार प्राप्त गरका थिए ।

त्यसैगरि ढिकालेथर आमा समूहले उत्कृष्ट भेषभुषमा प्रथम जानुका अधिकारी बनिन भने शिवानी कुंवर, रेश्मा परियार, रोशनी गुरुड. , अन्जली शर्मा रमिला सांकी लगायत ले उत्कृष्ट नृत्य पुस्कार प्राप्त गरेका थिए । कार्यक्रममा कलाकार, दुर्गा कोईराला , लक्ष्मी गिरी , सिता थापाले तिजगितहरु गाएर मनोरन्जन प्रदान गराएका थिए भने दर्शकहरु निकै उत्साहका साथमा मनोरन्जन लिईरहेका देखिन्थे ।

संस्थाकी अध्यक्ष म माया दुवाडीको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी सरिता कार्की थिईन । संस्थाकी सचिव शान्ति सुवेदीले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष ईशु गौतमले स्वागत मन्तब्य राखेकी थिईन भने,संस्थाकी संस्थापक अध्यक्ष निर्मला कार्कीले धन्यवाद मन्तब्य राखेकी थिईन । कार्यक्रममा संचारकर्मी सरस्वती गुरुड. , यूनाईटेडक्लब पोखराका सचिव सूर्य बानिया , समाजसेवी तोयानाथ गौतम, मन्जुबानिया, सिमा गुरुड. लगायतले शुभकामना मन्तब्य राखेका थिए । अपरान्ह १२.३० बजे सुरु भएको कार्यक्रम सांझ ७ बजे सम्म चलेको थियो ।

कार्यक्रममा प्रथम, द्धितिय , तृतीय र सान्त्वना हुने समूहहरुलाई प्रमुख अतिथि सरिता कार्की ले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेकी थिईन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top