नेपालमा तालिम धेरै प्रभावकारीता कम

पोखरा, २८ भदौ ।  नेपालमा बिभिन्न संघ सस्थाहरुले तालिम आयोजना गरिरहेकै हुन्छन । तालिम लिने र दिनेहरु पटक– पटक दोहोरीने भएपनि तालिम आयोजना हुन छोड्दैन । तालिम लिईसकेपछि तालिममा सिकेका कुरा ब्यबहारमा उतार्ने परिपाटीको बिकास भने भएको छैन । तालिमले मात्र बिकास हुने भए नेपालीहरु धेरै बिकसित हुने थिए । तर तालिम ,सिप आबस्यक हुदैन भन्ने पनि होईन । बिहिबार पोखरामा आयोजना गरिएको प्रभावकारी तालिम अनुशिक्षण कार्यक्रममा सहभागि जापानमा प्रोफेसर डा. कात्सुआकी सुजुकीले राखेको भनाई हो यो । उनले अब सिकाई प्रभावकारी र फलोअपमा जानु पर्ने बताईन । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय, स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठान र जापान अन्तराष्ट्रिय सहयोग नियोग( जाईका) को संयुत्त कार्यक्रममा जापानका अर्का प्राफेसर केनिचि कुवोतोले सिकेका कुरा लागु नगर्नु र नसिक्नु बराबर भएको बताए । सिकेपछि लागु नभए सिक्न नै अगाडी नसर्दा बेश हुन्छ , उनले भने ।


६ दिन सम्म चल्ने कार्यशालामा जापान र नेपालका प्रशिक्षकहरुले प्रशिक्षण दिने बताईएको छ । नेपालमा भर्खरै गठन भएका स्थानिय तहका कर्मचारी, जनप्रतिनिधिहरुलाई फोकस गरिएको प्रशिक्षण प्रतिष्ठानका आयोजना बरिष्ट फिल्ड संयोजक ऋषिराम पाण्डेले जानकारी दिए । तालिमका माध्यमबाट स्थानिय सुसान प्रबद्धनका क्षेत्रमा गुणस्तरीय तथा क्षमता बिकास गराउने गरि काम भैरहेको उनले जानकारी दिए । यो कार्यक्रमले तालिम दिएपछि तालिम लिएकाहरुको पछिल्लो अबस्थाको बारेमा पनि अनुसन्धान गर्ने बताइएको छ । तालिम पछि तालिम लिनेको क्षमताको बिकास कुन अबस्थामा छ भन्ने कुराकोे र्निक्यौल गर्ने गरि काम गर्ने स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी र्निदेशक जयकृष्ण श्रेष्ठले जानकारी दिए । नगरबिकास प्रशिक्षण केन्द्र, पोखराका तालिम र्निदेशक हरिकृष्ण कोईरालाले तालिम लिने मात्र होईन तालिम दिनेहरुमा पनि समस्या भएको बताए । परम्परागत तालिम प्रणालीले पनि प्रभावकारीतामा समस्या भएको उनको भनाई थियो । कार्यशालामा २० जना बिभिन्न क्षेत्रका प्रशिक्षकहरुको सहभागिता रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top