रेडियो हेमजाद्धारा आयोजित तिज गीत प्रतियोगीतामा माछापुच्छे सेवा समाज प्रथम

हेमजा, २८ भाद्र । माछापुच्छे सेवा समाज पोखरा २५ हेमजाले रेडियो हेमजाद्धारा आयोजित बृहद खुल्ला तिज गीत प्रतियोगीता २०७५ मा बाजि मारेको छ । महिला सञ्जाल पोखरा २५ हेमजाको आयोजनामा सम्पन्न उक्त प्रतयोगीतामा १७ वटा समुहलाई पछि पार्दै बाजी मारेको हो । प्रतियोगीतामा नमुना आमा समुह हेमजा द्धितिय, कमलजैसि आमा समुह हेमजा तृतिय, दहरे देउराली आमा समुह र राधा कृष्ण आमा समुह साम्त्वना भएका छन् ।

प्रतियोगीतामा प्रथम माछापुच्छ«े सेवा समाजले नगद रु.२५ हजार ४८८ साथमा प्रमाण पत्र, द्धितिय भएको नमुना आमा समुहले नगद रु.१७ हजार ४८८ साथमा प्रमाण पत्र, तृतिय कमलजैसि आमा समुहले नगद रु.१० हजार ४८८ र साम्त्वना भएको दहरे देउराली आमा समुह र राधा कृष्ण आमा समुहले नगद रु.७ हजार ४८८ रुपैयाँको साथमा प्रमाण पत्र पुरुस्कार पाएका छन् ।

यस्तै अमरसिंह दृष्टिविहिन समुह उत्कृष्ट स्वर , देउरालि आमा समुह नृत्य तथा लछ्मि आमा समुह भेषभुषामा उत्कृष्ट भएका छन् । यसअघि प्रतियोगीताको उद्धघाटन गर्दै प्रदेश सांसद पुष्पा के.सी भण्डारीले नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको सन्दर्भमा यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरि रेडियोले महिला शसक्तिकरणमा महत्वपुर्ण योगदान गरेको उल्लेख गरिन ।

पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाखर तिम्सीना, मान्छे बोक्सी हुन्न कहिलै राष्टिय जागरण प्रतिष्ठान नेपाललका केन्द्रीय अध्यक्ष कोबिद शरण उपाध्याय, वडा सदस्य लछ्मि अधिकारी र पुर्व सांसद सारदा पौडेलले आफनो भनाइ राखेका थिए । कार्यक्रममा लोकदोहोरी गायक प्रशुराम अधिकारी र मायाँ के.सी. लगायत विभिन्न हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । महिला सञ्जाल हेमजाकी अध्यक्ष रमा त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत गित नारायण बाँस्तोलाले र सञ्चालन रेडियोका स्टेसन म्यानेजर प्रशुराम अधिकारीले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top