बेलायतमा वीपीको सम्झना

बेलायत, २५ भदौ । जननायक वीपी कोइरालाको १०५ औं स्मृति दिवस प्रवासमा बस्ने नेपालीले विविध कार्यक्रम गरी मनाएका छन् । यसैबीच, नेपाली काँग्रेसआबद्ध नेपाली जनसम्पर्क समिति युकेद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गरबुजाले वीपीको आदर्श र सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लागु गर्न सकेका वीपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका  थिए ।

त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले वीपी दूरदर्शी नेता भएकोले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनको नाम उच्च स्थानमा रहेको बताए । जनसम्पर्क समिति अध्यक्ष्क्ष युवराज गुरुङको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि विश्वआदर्श पण्डित, विज्ञान प्रसाई, डा. सम्पूर्ण ढुंगाना, चेतनारायण खनाल, केशव भण्डारी लगायतले वीपीको योगदानबारे बोलेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top