पाल्पाली समाजको चेलीवेटी भेटघाट

पोखरा, २५ भदौ l तीज अवसरमा पाल्पाली समाज पोखराको आयोजनामा चेलीवेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार जगदीश गौतमले कार्यक्रम उद्घाटन गर्दै समाजलाई यो ठाउँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए । उनले घरमाइत जान नसक्नेहरुको लागि यसप्रकारको कार्यक्रमको अझ महत्व रहेको बताएका थिए l

कार्यक्रममा वयोवृद्ध शिवकुमारी खनालले आमाहरुको प्रतिनिधित्व गरेकी थिइन् भने समाजकी सहकोषाध्यक्ष उमा सापकोटाले सम्पूर्ण पाल्पाली चेलीहरुलाई तीजको शुभकामना दिइन् । सो अवसरमा समाजलाई योगदान दिएकोमा पूर्व कार्यसमिति सदस्य भगवती बानियाँलाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि खनालले सम्मानपत्र र अध्यक्ष घिमिरले दोसल्ला ओढाएका हुन् ।

यस्तै, अर्घाखाँची सम्पर्क समाजले आयोजना गरेको तीज गीत प्रतियोगितामा समाजको तर्फबाट प्रतिनिधित्व गरेकी टिम संयोजक यूमाया पचभैया लगायतले पाल्पाको चिनारी दिने गीत प्रस्तुत गरेको थियो । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेशम रचक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए । कार्यक्रममा सहभागी करिब ४ सय जना पाल्पाली चेलीहरुलाई तीजको दर खुवाइएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top