जुनियर कराँते प्रतियोगिता बागमारामा सुरु

पोखरा, २४ भदौ l नेपाल क्युकोशिन बुदोकाई कराँते संघ बागमारा डोजो कास्कीको आयोजनामा भएको कास्की जिल्ला स्तरीय जुनियर फुकन्ट्याक कराँते प्रतियोगिता २०७५ शुक्रबार देखी सुरु भएको छ ।

पोखरा महानगरपालिका ३३ भरतपोखरी बागमारा भगवती चौतारामा हुने प्रतियोगितामभएको प्रतियोगितामा २५ केजी तौल समुह मुनीको खेलमा शालीन केसी प्रथम भएका छन् । शुभम् पौडेल दोस्रो भएका हुन । सात्कार केसी र सोहन मगर तेस्रो भएका हुन । नेपाल क्युकोशिन बुदोकाइ कराँतेमा आवद्ध भएका कास्कीका १ सय ५० जुनियर खेलाडी प्रतियोगितामा सहभागि भएका छन् ।

राष्ट्रिय प्रतियोगितामा सहभागि खेलाडीहरु सहभागि भएका खेलाडी उक्त प्रतिगोतिामा सहभागी हुन नपाउने प्रतियोगिता संयोजक नबिन थापामगरले जानकारी दिए । पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५० तौल समुह मुनीको क्वाटरफाइनलको खेल शुक्रबार भएको हो । पुरुष खुल्ला तौल र महिलातर्फ २५देखी ३५, ४० ४५, मुनी तैल समुह र खुल्ला तौल समुहविच प्रतिप्रधा शनिबार हुने भएको हो ।

प्रतियोगितामा महिला पुरुष समुह काता र एकल काता प्रतियोगीता हुने प्रतियोतिामा शनिबार हुने छ । तेकान्दोका पुराना खेलाडी योगराज अधिकारी, फुलकन्ट्याक कराँतेका खेलाडी भोजराज आचार्य, नेपाल क्युकोशिन बुदोकाई कराँतेका खेलाडी शंकर रिमाललाई सम्मान गरिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई मेडल प्रमाणपत्रले सम्मान गरिने छ ।

गण्डकी प्रदेशका सभासद कृष्ण थापाले देशको सडको मात्र विकास भएर देश विकास नहुने देश बिकास हुनको लागि सबै क्षेत्रको बिकास हुनुपर्ने बताए । उनले खेल क्षेत्रको स्थानीय स्तरबाट हुनुपर्ने बताएका थिए । कार्यक्रममा पश्मिाञ्चल खेलकुद विकास समितिका कार्याबहाक अध्यक्ष सम्पन्न मान श्रेष्ठ कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक बहादुर गोदारले भनाइ राखेका थिए । नेपाल क्युकोशिन बुदोकाई कराँते संघ कास्की शाखाका अध्यक्ष इन्जीनियर धर्मराज कोइरलाको अध्यक्षताका कार्याक्रम गरिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top