फौजदारी अभियोग लगाउने ऐनविरुद्ध पत्रकार सडकमा “ऋषि धमलाले ओली सरकारलाई दिए यस्तो चेतावनी” भिडियो

नेपाल पत्रकार महासंघले पत्रकारलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ।

शुक्रबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रर्दशन गर्दै पत्रकार सडकमा ओलिएका हुन्। पत्रकारहरुले आफूहरुलाई फौंजदारी अभियोग लगाउने प्रावधान हटाउन सरकार तयार नभएपछि बाध्य भएर सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको बताएका छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभएपछि सडक आन्दोलनमा आउन बाध्य हुनु परेको बताए। उनले तत्काल आफूहरुको माग अनुसार नयाँ मुलुकी ऐन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए।

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध रहेको, कतिपय प्रावधान पत्रकारहरुलाई अपराधी सरह कारबाही गर्ने ढंगले आएको भन्दै त्यसलाई सच्याउन माग गर्दै सरकार र सरोकारवाला निकायलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top