गोरखामा हिमानी ट्रस्टद्वारा निर्माण विद्यालयको पूर्वरानी कोमल शाहद्वारा उद्घाटन

गोरखा, २२ भदौ  l गोरखामा हिमानी ट्रस्टद्वारा निर्माण गरिएको १ विद्यालय भवन पूर्वरानी कोमल शाहले उद्घाटन गरेकी छन् । पालुङटार नगरपालिका–५, को    ठाँटीपोखरीमा  हिमानी ट्रस्ट र बुद्धिस्ट अर्गनाइजेसनले संयुक्त रुपमा निर्माण गरेको भवानी माध्यामिक विद्यालयको बिहीबार पूर्वरानी शाहले उद्घाटन गरेकी हुन् । शाह हिमानी ट्रस्टकी संरक्षक हुन् ।


गत वर्षको मंसिर १९ गते ट्रष्टकी अध्यक्ष हिमानी शाहले शिलन्यास गरेको भवन ४ करोड ९५ लाखको लागतमा निर्माण् गरिएको हो । भवनमा २० कोठा
छन् । कार्यक्रममा पूर्वयुवराज पारस शाह, हिमानी शाह र परिवारका अन्य सदस्यसहित कोमल शाह सहभागी थिए । २०७२ सालको भूकम्पले विद्यालय भवन भत्काएपछि ट्रस्टल निर्माणको जिम्मा लिएको थियो ।

परिवारका सदस्य पालुङटारसम्म गाडीमै आए पनि पारस भने फिस्टेल एयरको हेलिकोप्टर मार्फत आएका थिए । उनीहरुले केहीबेर पालुङटारका
स्थानीयसँग भलाकुसारी समेत गरेका थिए l

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top