पार्वती टोलमा शुभकामना आदानप्रदान

पोखरा, २१ भदौ । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको पार्वती टोल विकास संस्थाले तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा आमा, दिदिबहिनिहरुलाई दर ख्वाउने कार्यक्रम गरेको छ । कार्यक्रममा वडा नं. ९ की वडा सदस्य गीता नेपालीले कार्यक्रमको उद्घाटन गर्दै कुनै पनि चाड पर्व भट्कीलो नवनाई मनाउँनु पर्ने वताइन् ।

कार्यक्रममा वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, वडा नागरिक मञ्चकी अध्यक्ष सरु श्रेष्ठ, शुभकामना टोलका अध्यक्ष ननबहादुर श्रेष्ठ, राधिका सिंखडा र सीता शाही ठकुरीले वोलेका थिए । संस्थाका अध्यक्ष आसबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विकास आनन्दले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top