यौन दुर्व्यवहार र लान्छना प्रति प्रेस बिज्ञप्ति

काठमाडौं, २१ भदौ l गरिबी निवारण कोषका उपाध्यक्ष श्री याम बहादुर थापाले महिलालाई प्रयोग गरेको आपतिजनक शब्दहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समयमा देशभर महिला तथा बालबालिका माथि बलात्कार र बलात्कार पछि बालिकाहरुको हत्या र यौन दुब्यवहार भएका घटनाहरुलाई महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भिरताका साथ लिंदै, देशै भरि भएका घटनामा उचित अनुसन्धान गरि सहि पीडकको पहिचान, पिडित÷प्रभावितको न्यायका लागि “बलात्कार बिरुद्ध” विशेष अभियान संचालन गरिरहेको छ । समाजमा रहेको महिलालाई हेर्ने विभेदकारी सोचका कारण यति बेला हरेक क्षण महिला माथि विभिन्न प्रकारका हिंसा हुने गरेका छन् भन्ने हाम्रो ठम्यै छ । यस्तो अवस्थामा हामी हरेक सम्बेधनशिल भई यस्ता हिंसाहरुको अन्त्य हुने बातावरण निर्माण गर्नु पर्ने हो । सार्बजनिक पद धारण गर्ने, सामाजिक रुपमा प्रभाव पुर्याउने व्यक्तिहरु अझ बढी जिम्मेबार हुनु आवश्यक छ ।

संबिधानले दिएको समानताको हक, हिंसा मुक्त जीवन बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि पनि सार्वजनिक पद धारण गर्नु पर्नेहरुमा बिशेष दाईत्व बोध हुनुपर्ने हो । तर अपशोच गरिबी निवारण कोषका उपाध्यक्ष जस्तो व्यक्तिले त्यस्ता शब्द प्रयोग गरि नेपली महिलाको सम्मान, गरिमा एवं अस्मितामा नै चोट पु¥याउने काम भएको छ । यसका साथै गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल के।सीले महिला कर्मचारी प्रति यौन दुब्यवहार गरेको र त्यसमा मिलापत्र गरिएको भन्ने जानकारी आउनु देशकै लागि दुर्भाग्य हो ।

सरकारले अख्तियार गरेको महिला हिंसा बिरुद्धको शुन्य सहनशीलताको नीतिको ठाडो उल्लङ्घन हो । कार्यकारी निर्देशकले गरेको कर्तुतलाई बाहिर ल्याउने विषयमा छलफल गर्न बसेको बैठकमा कोषका तत्कालिन उपाध्यक्ष डा। यम बहादुर थापाले ‘पदका लागि महिलाहरू आफ्नो इज्जत बेच्छन् । नेतासँग सुतेर सांसद हुन्छन् । सीडीओसँग सुतेर फाईदा लिन्छन्’ भनि सम्पूर्ण महिलाहरुलाई लान्छना लगाउने गरि अपमानित गर्नुले त्यत्रो गरिमामय पदमा बस्नेले महिलालाई हेर्ने दृष्टिकोण सार्वजनिक भएको छ । यो अपराध हो । देशको कानून अनुसार पनि यसलाई यौन दुर्ब्यबहार मान्नु पर्दछ ।

तसर्थ यसप्रकारको दुब्यवहार गर्ने व्यक्तिले राजिनामा गर्दैमा छुट पाउनु हुँदैन । माथिल्लो तहमा बसेर यस प्रकारको अपराध गर्ने व्यक्तिले सजाय नपाए भने देशमा दण्डहीनता र महिला माथि हिंसाको अन्त्य हुँदैन भन्ने हाम्रो ठहर छ । तसर्थ महिला मानवअधिकार रक्षक सञ्जाल याम बहादुर थापालाई यथोचित सजाय, सार्बजनिक रुपमा महिलासँग माफी माग्ने कार्य अबिलम्ब होस् भन्ने माग गर्दछौ । साथै गरिबी निवारण कोषका कार्यकारी निर्देशक श्री नहकुल के.सी.ले आफ्ना महिला कर्मचारी प्रति यौन दुब्र्यबहार गरेको भनिएको घटनामा अबिलम्ब छानबिन समिति गठन गर्न र दोषी पाईएमा हदै सम्मको कार्वाही गरियोस भनि सम्माननिय प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top