कास्कीका निर्माण व्यवसायीलाई चुनाब लाग्यो ,बराल प्यानलको प्रतिबद्दता पत्र सार्बजनिक

पोखरा, २१ भाद्र  । नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा आनन्द बराल प्यानलले प्रतिबद्दता पत्र सार्बजनिक गरेको छ ।
बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो कार्योजना सहित प्रतिबद्दता पत्र सार्बजनिक गरेको हो । पत्रमा सो क्षेत्रमा देखिएका अन्यौलता अन्त्य गर्ने ,ब्यबसायीहरुलाई सबल र सक्षम बनाउदै सार्बजनिक बिकाशमा जनसरोकार वृद्धि गर्ने ,ब्यबासायिक एकतामा जोड दिदै सम्बृद्ध नेपाल निर्माणको अभियानमा सारथि बन्ने लगाएतका बिभिना १० बुदे प्रतीबदत्ता ब्यक्त गरिएको थियो ।


भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि वाम गठवन्धन प्यानलबाट आनन्द वराल अध्यक्ष पदको उम्मेदवार वन्ने भएका छन् । संघको आगामी नेतृत्वको लागि यस अघिनै सुरेश श्रेष्ठको अध्यक्षतामा लोकतान्त्रिक प्यानल घोषणा भईसकेको छ । वाम गठवन्धनबाट वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा हरीप्रसाद लम्साल, सचिव सुवर्ण श्रेष्ठ, कोषाध्यक्ष रविचन्द्र खनाल, सहसचिव विनोद भण्डारी र सहकोषाध्यक्ष कृष्णप्रसाद ढकाल(केडी) छन्। सदस्यहरुमा उत्तम सिग्देल, संजय कुँवर,लक्ष्मण पाण्डे,विरेन्द्र श्रेष्ठ, सन्दीप गिरी र संजोग पराजुली छन्।


अध्यक्ष पदका प्रत्याशी आनन्द वरालले २७ वर्षदेखी निर्माण व्यवसायमा लागेको र यस क्षेत्रका समस्या र विकृतिहरु समाधान गरि पेशालाई गर्व गर्ने वनाउनको लागि आफ्नो उम्मेदवारी भएको वताउनु भयो । घोषणा सभामा नेपाल निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष तथा नेकपाका नेता ओमप्रसाद गौचनले व्यवसायिक हकअधिकार र पेशागत दक्षता अभिवृद्धिको लागि वाम गठवन्धनको प्यानलका उम्मेदवारहरुले जित्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।

कार्यक्रममा तत्कालिन नेपाल निर्माण उद्योग परिषद्का वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी पोखरेल, वरिष्ठ निर्माण ब्यबसायी ओम गौचन , नेपाल निर्माण व्यवसायी संघका निर्वतमान अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य ऋषिराम गौतम, नेपाल निर्माण व्यवसायी संगठन कास्कीका अध्यक्ष ठाकुरप्रसाद वराल, नेकपाका युवा नेता तथा निर्माण बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण लम्साल, नेकपा नेता विवेक गौतम, हरि भण्डारी लगायतले वाम गठवन्धनको उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top