टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

Dead body in a mortuary

धनुषा, २० भदौ l धनुषामा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ । टिप्परले मोटरसाईकलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–९ धारापानीमा आज बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिएको थियो । आज बिहान १० बजे टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो । मृतकको अहिलेसम्म पहिचान भइसेकेको छैन ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई अभरटेक गर्ने क्रममा किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । शवलाई पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भैरहेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय धनुषामा टिप्पर आतंक बढ्दै गएको छ । तीव्र गतिमा टिप्पर कुदाउँदा  सडकमा आवत–जावत गर्ने अन्य सवारी साधन र यात्रुहरुलाई आवागमन गर्नसमेत असहज हुने गरेको छ । यस अघि गएको साउन २६ गते जनकपुर ढल्केवर सडक खण्डमको महेन्द्र नगरमा बा ८ ख ११७० नम्बरको टिप्परले धनुषाधाम नगरपालिका– ५ नौ सय बिघाका २६ वर्षीय उमेश दासको ज्यान लिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top