एयरपोर्टमा तीज नृत्य प्रतियोगिता सम्पन्न

पोखरा, २० भदौ l पोखराको एयरपोर्ट टोल विकास संस्थाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । संस्कृती जगेर्णाका लागि आयोजित तीज नृत्य प्रतियोगितामा गिता खवास प्रथम, अमृता कार्की द्धितिय तथा रेस्मा शर्मा र रिना थापाले सान्त्वना स्थान हाँसिल गरे । सो अवसरमा जेष्ठ नागरिक ७९ वर्षिया गंगादेवी दुवारचनलाई सम्मान गरिएको थियो ।


संस्थाका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका आजिवन सदस्य खेमराज शर्मा, सहयोगी कमल सापकोटा, पूर्वाध्यक्ष नानी गुरुङ्ग लगायतले तीजलाई विकृती र विसंगतिबाट टाढा राख्नुपर्नेमा जोड दिएका थिए । उपाध्यक्ष सावित्री घिमिरेले स्वागत, कार्यक्रम संयोजक मञ्जु शाहीले धन्यवाद तथा सचिव श्यामबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top