आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा होटेल सञ्चालक पक्राउ

काभ्रे, १९ भदौ  । काभ्रेका एक होटेल सञ्चालक किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोग लागेको छ । इलाका प्रहरी कार्यालय बनेपा पीडित १७ वर्षकी किशोरीले उनीविरुद्ध दिएको जाहेरीका आधारमा गुमागाइँलाई पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सुर्खेत घर भएकी ती किशोरी यही भदौ १२ गतेबाट उक्त होटलमा काम गर्न थालेकी थिइन् । ९ कक्षामा अध्ययनरत उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा जाने गर्थिन् । उक्त दिन पनि उनी दिदीको कोठामा जान लाग्दा हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की देखाई बलात्कार गरेको आरोप छ । पीडित किशोरी उजुरीमा गुमागाईंले होटलमा लगेर जबर्जस्ती गरेको उल्लेख गरेकी छन् । त्यस दिन राति ११ बजेमात्र उनी दिदी भिनाजुको सम्पर्कमा पुगेकी थिइन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top