चाडपर्वको  अवसरमा  एनसेल ल्यायो ‘रिचार्ज एन्ड विन’ अफर

काठमाडौ, १७ भदौ l  एनसेल प्राइभेट लिमिटेडले नजिकिंदै गरेको चाडपर्वको  अवसरमा आफ्ना ग्राहकका लागि ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही १ लाख नगद प्राप्त गर्ने छन् । यो अफर आइतबारदेखि लागू भई १० हप्तासम्म जारी हुनेछ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । जसको सुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ । योजनामा सप्ताहभर १ सय वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने छन् ।

ग्राहकले प्रत्येक १ सय बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्ने छन् । आइतबारदेखि शनिबारसम्म २ सय ५० को रिचार्ज गर्नेले सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत २ वटा विशेष कोड प्राप्त गर्ने छन् । ५ सय रिचार्ज गर्नेले ५ वटा कोड पाउनेछन् । योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्रमार्फत गरिनेछ । चर्चित व्यक्तित्वको उपस्थितिमा मंगलबार साँझ ७ः०० बजे एपीवान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकलाई हरेक बिहीबार १ कार्यक्रममाझ प्रति व्यक्ति १ लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top