नेविसंघका ४ नेता पक्राउ

लेखनाथ, १८  भाद्र l  नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका ४ जना नेता पक्राउ परेका छन् । परिक्षा नियन्त्रण कार्यलयमा भएको घटकाको उचित छानविन गरी अभियुक्तलाई तुरुन्त सामातियोस् भनि आन्दोलन गर्दा प्रहरीले पक्राउ गरेको नेविसंघ कास्की सभापती परशुराम वस्नेतले जानकारी दिए । पक्राउ पर्नेहरुमा नेविसंघवाट स्ववियु उम्मेदवार डिफान भुजेल, नेविसंघ पोवी पुर्व सभापती राजेन्द्र वराल, नेविसंघ ला ग्राण्डी कलेजका सभापती विनय पौडेल, लगाएतका नेता रहेका छन् ।

विश्वविद्यालयमा तालावन्दी लगाउन खोज्दा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ४ जनालाई इलाका प्रहरी कार्यलय डाँडाकोनाक रखीएको छ । विश्वविद्यालय प्रशासनवाट भोली के कुरा आउँछ त्यस अनुशार कारवाही अगाडी वढाउने प्रहरी स्रोतले जनाएको छ । शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको र आन्दोलनकै भरमा पक्राउ गर्ने हो भने यस अघिकालाई सवैलाई पक्राउ गरेर देखाउन चुनौती दिएको नेविसंघ कास्कीका पुर्व अध्यक्ष कल्याण वावु भण्डारीले वताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top