फेवा आइडलको अडिसनका लागि फेवा टेलिभिजन टिम भदौ १९ गते मंगलबार बाग्लुङ आउदै

पोखरा, १७ भदौ ।  फेवा टेलिभिजनद्धारा आयोजित सामुहिक लोक साँस्कृतिक नृत्य प्रतियोगिता फेवा आइडलको बाग्लुङ अडिसन आगामी भदौ १९ गते मंगलबार हुने भएको छ । बाग्लुङमा नेपाल मगर संघको सभाहलमा कार्यक्रम हुने फेवा आइडलका संयोजक सुजन बरालले जानकारी दिनुभयो ।

“नेपाल सरकारले आगामी सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ सोहि लक्ष्यमा यस कार्यक्रमले इटा थप्ने विश्वास रहेको छ”, फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लिल बहादुर जिसीले भन्नुभयो – “गाउँगाउँमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने फेवा टेलिभिजनको अभियान हो ।” जिसीले थप्नुभयो – “हाम्रा धेरै पुराना संस्कृति छन् जसको प्रचारबाट विकास र समृद्धिको बाटो कोर्न मद्धत गर्छ भन्ने हाम्रो विश्वास हो ।”

स्थापनाकाल देखि संस्कृति संरक्षण र सम्बद्र्धनका लागि आफ्ना कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएको टेलिभिजनको यस नृत्य प्रतियोगितालाई पोखरा महानगरपालिकाले सहयोग गरेको छ । त्यस्तै कार्यक्रममा कर्मचार्य बिस्कुटले प्रयोजन गरेको छ भने ब्यास नगरपालिका तनहुँ, वालिङ नगरपालिका स्याङजा र भिरकोट नगरपालिका स्याङ्जाले सहप्रायोजन गरेका छन् । कार्यक्रमको बैंकिङ पार्टनरमा एनएमबि बैक रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ ।
गण्डकी प्रदेशमा सर्वाधिक पुरस्कार राशी भएको यस प्रतियोगितामा प्रथम हुने समुहले नगद ३ लाख ५० हजार, द्धितिय हुने समुहले नगद २ लाख, तृतिय हुने समुहले नगद १ लाख ५० हजार, सान्त्वना हुने समुहले नगद १ लाख पुरस्कार पाउने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ १० समुहलाई ३०/३० हजारका दरले पुरस्कृत गरिने छ ।

प्रतियोगिता फेवा टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ७ बजे प्रशारण भईरहेको छ भने पूनः प्रशारण शनिबार र आइतबार बिहान ११ बजे प्रशारण हुने छ । यस कार्यक्रमलाई टेलिभिजनको आधिकारीक युट्युव च्यानल फेवा टेलिभिजन एचडीबाट पनि हेर्न सकिने छ ।

प्रतियोगिताको अडिसन स्याङजाको सिरुबारी, वालीङ, तनहुँको दमौली, लमजुङको भोटेओडार, म्याग्दीको बेनी र पर्वतको कुश्मामा सम्पन्न भईसकेको छ । प्रतियोगितामा अहिलेसम्म स्याङजाबाट ११ समुह, तनहुँबाट ८ समुह, लमजुङबाट ८ समुह, म्याग्दीबाट ६ समुह, पर्वतबाट ५ समुह जिल्ला अडिसन पार गरि पोखरा अडिसनका लागि छनौट भएका छन् ।

कार्यक्रममा पोखरा विश्व विद्यालयका प्राध्यापक, संस्कृतिमा विद्यावारीधि गर्नुभएका तुलसी प्रभाष, दर्जनौँ गितहरुमा नृत्य निर्देशन गसिक्नुभएका नृत्य निर्देशक तथा एसके डान्स स्कुलका सञ्चालक राम लामा निर्णायकको भुमिकामा रहनुभएको छ ।

यस्तै प्रत्येक जिल्लामा त्यस जिल्लाको संस्कृतिको बारेमा जानकार व्यक्तिलाई अतिथि निणर्यकको रुपमा राखिने छ । कार्यक्रमको सञ्चालन भिजे प्रल्हाद चन्द्र घिमिरे र शैल्ताज कुँवरले गरिरहनुभएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top