महिला राष्ट्रपति भएको देशमा, महिलाहरु दिनप्रतिदिन बलात्कृत हुँदा हजुरलाई लाज लाग्दैन, राष्ट्रपति ज्यु ?

पोखरा, प्रदिप देवकोटा
देशमा अहिले बलात्कारको घटना छ्यापछ्यापती बढि रहँदा हरेक महिलाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेका छ्न । हाल नेपालमा महिला भन्दा पनि बढि किशोरी बलात्कृत भएको घटना सुन्नु पर्दा कसैलाई पनि राम्रो लागिरहेको छैन । छोरी जोगाउन हरेक दिन चुनौती भैइरहेको छ एकै महिनामा २३ बलात्कार, कहिले १ दिनमै ४ बलत्कार भैइरहंदा नेपालको कानून कता तिर जाँदै छ भन्ने कुरा प्रष्ट हुन्छ । बिडम्बना महिला राष्ट्रपती भएको देशमा, प्रत्यक दिन किशोरी बलात्कृत हुँदा कानमा तेल हालेर बस्ने सरकार र रमिता हेरेर बस्ने महिला राष्ट्रपतिको औचित्य नभएको प्रष्ट देखिन्छ ।

अस्ति भर्खर कंचनपुरकि १३ वर्षिया निर्मला पन्त साथिको घरमा होमओर्क गरेर घर फर्किँदा बलत्कार पछि हल्या भयो, बलतकरीलाई फासिको सजाय माग गदा १५ वर्षिया बालकलाई प्रहरीले गोलि हानि हत्या गर्यो । फेरि पोखरामा कक्षा ६ मा पढ्ने १३ वर्षिया पुष्पा केसिको समेत बलत्कार पछि हत्या भयो ! महिलाहरु अझैपनि अशुरक्षित छन , दोकान जाँदा, स्कुल जाँदा, कतै बाटोमा हिँड्दा पनि किशोरी शुरक्षित छैनन् । यहाँबाट प्रष्ट हुन्छ कि मेरो देशमा ठग, ज्यानमारा, भ्रष्टचारी, बलत्कारी खुलेआम बाँचिरहेका छन, उनै पिचाशहरुको कारबाहिको माग गर्ने निमुखाहरु मर्न पर्नि यो कस्तो कानुन हो ? यो देशमा यस्ता बलत्कारका घटना त कति भए कति त्यहि पनि सरकार मौन छ ।
राष्ट्रपति ज्यु, निर्मला पन्तको परिवारको ठाउँमा हजुर भएको भए के गर्नुहुन्थ्यो ?
यसरि बलत्कारीलाई खुलेआम छाडियो भने उनिहरुको हौँसला बड्दैन र ?
जबसम्म यो देशमा यौन पिचाशु बलकारीलाई फाँसिको सजाय हुदैन, तबसम्म यस्ता घटना बढिरहन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top