गोरखा फुटबल संघलाई खेलकुद विकासका लागि ६ लाख रकम हस्तान्तरण

गोरखा, १३ भदौ l अखिल नेपाल फुटबल संघले गोरखा फुटबल संघलाई जिल्लामा खेलकुद विकासका लागि ६ लाख रकम हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौं  स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाले गोरखालाई रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले संयुक्त रुपमा गोरखालाई रकम हस्तान्तरण गरेका थिए ।

प्राप्त भएको रकम गोरखामा सञ्चालन भइरहेको ग्रास रुट फुटबल तालिममा सामग्री खरिदका लागि १ लाख र हरमटारीमा रहेको खेलकुद मैदान मर्मत संभारका लागि ५ लाख खर्च गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन् । पाहेको टोटल रकम ६ लाख मध्ये १ लाख ग्रास रुट फुटबल ट्रेनिङका
लागि आवस्यक सामान किन्ने, ५ लाखले ग्राउन्डको एक साइडमा तारजाली हाल्ने,’ श्रेष्ठ को भनाई रहेको छ l  यो रकम  अझै अपुग हुने  अपुग अरु रकम गोरखा नगरपालिकासँग पनि माग्ने उनको भनाई रहेको छ ।

एन्फा गोरखाले नेपालमै पहिलो पटक जिल्लामा ग्रास रुट फुटबल तालिम सञ्चालन गरिरहेको छ । गोरखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादनको उद्देश्य सहित तालिम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘हामीले नेपालमै पहिलो पटक ग्रासरुट चलाएका छौं, गोरखाबाट फुटबलमा उत्कृष्ट खेलाडी उत्पादन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागी गराउने हामीले उद्देश्य लिएका छौ’ श्रेष्ठ भने । अहिले जिल्लाका १२ वर्षमुनिका २४ जनाले नियमित फुटबल तालिम लिइरहेका छन् । तालिम जिल्लाकै फुटबल खेलाडी सरोज श्रेष्ठले दिइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top