घर भत्किँदा एकैपरिवारका पाँच जनाको मृत्यु

Dead body in a mortuary

सल्यान, १३ भदौ  । सल्यानमा पहिरोले घर भत्किँदा एकैपरिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर–४ सेतो गुराँसमा पहिरोले घर भत्किँदा एकैपरिवारका पाँच जनाको ज्यान गएको हो । मृत्यु हुनेमा रामसिंह कामी, उनकी श्रीमती रामकला, छोरी गंगा, प्रमिला र छोरा रुपलाल विक रहेका छन् । एक जना घाइते भएका छन् । अविरल वर्षा पछि खसेको पहिरोले उनीहरुको ज्यान लिएको हो । वर्षासँगै आएको बाढी र पहिरोले मुलुकका विभिन्न स्थानमा सयौँ मानिसहरुको ज्यान लिइसकेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top