लोनी र राधाको जोडीलाई स्वर्ण

पोखरा, १३ भदौ l  आयोजक एलए का सलोनी थापा र राधा यादवको जोडी ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएका छन् । सलोनी र राधाको जोडीले गल्र्स युगल १४ तर्फ मंगलबार आयोजककै सुभाङ्गी र हर्षिताको जोडीलाई ६ । ३, ६ । ३ को सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे ।

प्रतियोगिताको ब्वाईज युगल १४ तर्फ सेन्ट जेभियरका अदित सुवेदी र इभाएकको जोडीले पुलिसका चिराग थापा र सफल श्रेष्ठको जोडी माथी ६ । ०, ६ । ३ को सेटले पराजित गर्दै स्वर्ण हात पारे ।

यसै गरि स्वर्ण हात पार्ने क्रममा ब्वाईज यु ९ एकलमा मा सेन्ट जेभियरका निसाद जोशीले कस्मिक ईन्टरनेशनलका हर्षित पन्तलाई ५/३, ४/१ले पाखा लगाउँदै स्वर्णमा नाम लेखाए । गल्र्स तर्फ युनिभर्सलकी समृद्धि महर्जनले टिबिएसकी साईभि ढकाललाई ५/४, ४/२ ले पराजित गर्दै स्वर्ण जितिन् ।

हात्तिवनस्थित एलको कोर्टमा भएको प्रतियोगिताको ब्वाईज यु १० मा केन्द्रिय बिद्यालयका राजविर मानन्धर फाईनल प्रवेश गरे । उनले नेपाल पुलिसका मन्थम जोशीलाई ४/६, ६/३, १०/५ले पराजित गर्दै फाईनल यात्र सहज बनाए । यस्तै गल्र्स तर्फ सेन्ट जेभियरकी आध्या पौडेलले टिभिएसकी साभी ढकाललाई ६।१, ६।२ ले पराजित गर्दै फाईनलमा स्थान बनाईन् ।

यसै गरि ब्वाईज यु १४ एकल तर्फ नेपाल पुलिसका चिराग थापा र सेन्ट जेभियरका आरभ सिंह हाडाले फाईनलमा उपाधीको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । चिरागले सेमिफाईनलमा सेन्ट जेभियरका ईभायकमाथी ६/४, ६/२ ले र आरभले आफ्नै स्कुलका अदित सुवेदीलाई ७/५, ६/०ले पराजित गरे ।

प्रतियोगिताको यु १२ एकल तर्फ आयोजक एलएकी सुभाङ्गी लक्ष्मी शाह फाईनल प्रवेश गरिन् । शाहले आफ्नै स्कुलकी रोशनी लामाबाट वाकओभर प्राप्त गर्दै फाईनल प्रवेश गरेकी हुन् ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top