पोखराको भातृ संस्था सहारा हङकङले वृहत हाइकिङ आयोजना

पोखरा, १२ भदौ l सहारा क्लब पोखराको भातृ संस्था सहारा हङकङले हङकङमा यही असोज १४ अर्थात सेप्टेम्बर ३० आइतबारका दिन वृहत हाइकिङ आयोजना गर्ने भएको छ । सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोग संकलनार्थ कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले बताए ।


कार्यक्रममा चर्चित सञ्चारकर्मी रवि लामिछाने सहभागी हुने छन् । हङकङका महासचिव कुमार गुरुङले हाइकिङ कार्यक्रमबाट संकलित रकममध्ये खर्च  कटाएर सबै रकम सहारा एकेडेमीलाई प्रदान गरिने बताए । सो अवसरमा एनआरएनका हङकङका पूर्व अध्यक्ष एवम सहारा हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एमडी), सहारा हङकङकाका पूर्व प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङ, द्वितीय उपाध्यक्ष रेनुका (कृष्णकुमारी गुरुङ), हङकङ पत्रकार
महासंघका अध्यक्ष किशान राई लगायतले बोलेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top