संम्वृद्धिको युगमा वैश्य राजनिती

११ भदौ l

एउटा सम्वाद
“एक कम्युनिस्ट कमरेड्ले जीवनभरि एउटै सपना देखेको हुन्छ कि देशमा दुई तिहाइको कम्युनिस्टको सरकार होस् , दीनदुखी सर्वहारा बर्गको हातमा सत्ता होस, फेरि समाजवाद र फेरि साम्यवाद । सहि समय आएको छ, खेर जान नदिम। एक जुग लाएर आएको हो यो । प्रति उत्तरमा अर्कों कमरेड “धैरै सहिद कमरेडहरु रगत पसिना वगाय यो देशको परिवर्तननको खातिर। तिनै योद्धाहरुले सोचे जस्तो हुनलाइ सत्य युगमा मात्रा होइन यो सम्वृदिको युगमा पनी सम्भव हुन्छ ।सम्वृद्ध नेपाल खुशि नेपाली कार्ल मार्क्सको साम्यवादको स्वर्गको उदाहरण नेपाल हुनेछ । आशा नै जीवन जिउने भरोसा हो । आशा गरौ कमरेड । कम्युनिस्ट हरु आषावादि हुन्छन्। यहि सम्वादले युगको अपेक्षा को सुरुवात हुन्छ।

 

युगको अपेक्षा

ठुलो पङ्तिको वलवुतावाट आयातित जुग हो यो । देख्दा सीमित पात्रहरु छन् तर यस्को पछाडि ठुलो इतिहास छ । देशको भविषयको सवाल छ । सम्वृद्धि हाम्रो अपेक्षा हो यो युगको अनुनय हो । अव को समवृदि को मोडालिटि कोर्ने समय आयको छ,जुनवेला फलाम तातेर रातो हुन्छ त्यहि समय उपयुक्त हो त्यस्लाइ कस्तो स्वरुप दिने वाँ आकार दिने अव नेपालको पनी फलाम तातेको वेला आयको छ कस्तो आकार दिने अव सम्वृद्धको । यो अपेक्षा रोल्पाको खिवाङ गाउ वस्ने होस् या त नेपाली मुलको कतारमा कार्यरत युवा होस ,कास् आज सम्वृद्ध नेपाल हुदो हो त । यहि इच्छाको वहुमत हो के पी ओली सरकार त्यसैल्य दुइ तिहाई दम्व होइन। जनमत हो जन अपेक्षा हो । प्रतिपक्ष हुनु भनेको असहयोग गर्नु मात्र हैन रचनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्नु पनी हो । हरेक सरकारका कामलाइ कम्जोर पारेर राजनैतिक रोमान्स त पुरा होला तर राजनिती गर्नु को अभीष्ट कदापि पुरा हुन सक्दैन । सहयोगले रचना हुन्छ रचनाले सम्वृद्धि जस्ले राजनीतिको ध्येय पुरा हुने छ नत्र राजनीति स्रिफ फुटफाटको व्यापार हुनेछ ।

राजनीति व्यापार भयको छ कार्ल मार्क्स
कार्ल मक्स ले एउटा अन्तरवार्तामा भनेका छन् “सांसदहरु गुटवाजीको शिकार भयका छन् र संसद त्यसैको अखडा भयको छ । राजनीति व्यवसाय भयको छ “ यो दोष अमेरिका र यूरोप को मात्र होइन हाम्रो मुलुकको पनी यस्तै छ । जव नेपालमा २०५२ साल पछि संसद हरुलाइ पजेरो सुविधा दियियो संसदमा टाइ र वुटको इन्ट्रि भयो । सभासदहरु व्यापारिक अखडा वने । खराब आचरण भयका पात्रलाइ वोक्दा पार्टीहरुनै खराब भयका छन् तिनको जोगाउमा लाग्दा भष्ट्राचारको चक्रव्यूहमा फसेका अनगिन्ती उदाहरण हरु छन् यस्ता प्रवृति र पात्रहरुलाइ निमिटान्न पार्न सकियन भने हामी फेरी अर्कों असफलताको टर्रो स्वाद चाख्ने छौ । कम्निस्ट हरुले प्राप्त गरेको वहुमत रक्षा विकास र प्रयोग गर्न सकेनन् भने राजनिती फेरी विक्ने चीज वन्ने छ जस्ले हल्ला गर्न सक्यो जस्ले भिड्लाइ भ्रम सिर्जना गर्न सक्यो त्यो नेता वन्ने छ । यस्ले साम्यवादको नाम मा कलंकको टिका लाग्ने छ । वैयक्तिक प्रतिष्ठा भन्दा माथि उठेर भ्रष्टाचार गरेर कमाइने अकुत सम्पत्ति यस आराम वाट माथि उठेर यो युगिन जिम्मेदारी लाइ माक्सवादि दृष्टिकोण वाट पुरा गर्नु नै वुद्धिमता हुनेछ । हामीलाई दूरदर्शी प्रतिभावान् नेतृत्वको खाँचो छ, जसले आफ्ना परिवार, इष्टमित्र एवं दलगत स्वार्थ भन्दा माथि उठेर मुलुकको समष्टिगत स्वार्थलाई सर्वोपरी ठानेर सम्वृद्ध नेपाल निर्माण गरुन।

सम्वृद्धको युग
अधिकांस ले विकासको अनुभूति गर्न चाहेका छन् । पोषण , स्वास्थ्य , रोजÞगारी र शिक्षा साराको आवश्यकता को विषय वनेको छ जस्ले सहज जीवन यापनको महशुस दिलाओस। सर्वसाधारणको पहुँचमा होस जीवन धान्न त्यति कठिन नहोस जुन अहिले सम्म वहुसंख्यक नेपाली ले भोगे । विकराल गाउ हरु छन् जाहा नेपाल वाचेको छ त्यसको मुहार फेर्नु छ तहा सम्वृद्धिको कान्ति छर्नु छ । यो कठिन यात्रा नै सम्वृद्धको युग हो । गर्यो भने नहुने भन्ने कहि कतै छैन गर्छौ भन्ने दृढ इच्छा शत्तिले नै लिकायुनले सिंगापुर सम्पन्न पारे , पार्कले दक्षिण कोरिया र माहाथिरले मलेशिया विकसित पारे हो त्यो इच्छ शक्ति र माहाभारतमा कृष्ण चरित्रका सारथी भय यो मुलुक वन्न कुनै लामो समय कुर्नु पर्दौन । फेरी कतै मानवीय लोभका कारण चुकियो भने यस्को परिणाम मुल्यविहिन हुने छ ।फेरी सवै दोष नेतृत्व माथि मात्र थुपारेर हामी त्यस वाट उम्कने कोषिस गरिरहेका छौ । कर्तव्य वाट नागरिक समाज पनी विमुख हुने कुराले हाम्रो समाजलाइ अधोगति तिर धकेल्ने निश्चित छ । जस्तो चिनीया नागरिक हरुले राष्ट्र विकासका सवालमा राज्यका निती हरुलाइ सफल पार्दै जादा चिनले विकासको नया‘ लय लियको छ । त्यसैल्य विश्वको उदीयमान शत्तिको रुपमा आज चिन स्थापित छ । किनकि चिन का साशक हरुलाइ हरेक भूगोलभित्र आर्थिक र समाजिक रूपमा निमुखा नागरिक हुन्छन् , तिनको पनि सामाजिक तथा आर्थिक सुरक्षा गर्नुपर्छ भनेर राज्य वाँ सरकारको परिकल्पना र विकास गरिएको हो भन्ने कुरा स्पष्ट वुझेका छन् । सर्वहारा वर्ग आफ्नो आधारभूत सुविधा माग गर्दै बहस सिर्जना गर्न नसक्लान त्यस्तालाइ कुनै पनि समूहिक रुपमा बलियो पार्दै समृद्धी संग जोड्नु पर्दछ  भन्ने मुल मन्त्र मानेका छन् र त्यस कारण सामान्य भन्दा सामान्य नागरिक त्यो पहुचमा छन् त्यसैल्य त खुशी छन् चिनीया हरु । तर विडम्बना हाम्रो नेपालमा उपचार जस्तो सम्वेदनशिल विषयमा यही राज्यमा उपचार नपाएर कसैको मृत्यु हुन्छ वा अस्पतालको बिल तिर्न नसकेर लाससमेत बन्धक बन्छ भने सुन्नुपर्दा यस्तै कुराको विद्रोह गर्दा के पी ओलि १४ वर्ष जेल वस्नु पर्यो जीवन राज्य सत्ता परिवर्तनका लागी राजनितीमा सुम्पनु पर्यो त्यहि व्यत्ति आज मुलुक को वागडोर समाल्नु भयको छ अव तपाइले सोचेको सम्बृद्धि कस्तो हो त्यो भविष्य को गर्व मा परिक्षेण हुनेनै छ । सम्वृद्धिको युगका अपेक्षा हरु पुरा गर्न सके तपाइलाइ युगले सम्झने छ ।
भन्छन चाडक्य यस्तो होस् राजनेता

“अयोग्य पुरुषो नास्ति तत्र योजक दुर्लभ“

चाडक्य नितीशास्त्रमा भनिएको छ अयोग्य भन्ने कोहि मान्छे हुदैन त्यसलाइ योजना ले जोड्ने मान्छे हरु दुर्लभ छन् । त्यो योजनाकारको खाँचो छ जस्ले आम नागरिकको क्षमता लाइ सम्बृद्धिको पुल वनाउन नागरिकको क्षमताको कदर गरुन अवको यो नै प्रमुख राजकीय दाइत्व हो । हिजोका राज्य सत्ताहरु असफल हुनुको कारण सरकार जनउत्तरदाइ नहुनु हो यस्लाइ वुझेर राजनितीमा सेवाको भाव लाइ प्रश्य गरिनु पर्दछ लाभका लागी गरीने राजनितीले राजनितीलाइ व्यापार वनायको छ । यस्ता प्रवृतिका पात्रहरु पहिचान गरि राजनितीमा वन्दयाकरण गर्न सिगो शिक्षित कार्यकर्ता पङति लाग्नु पर्दछ । वल्ल संम्वृद्ध नेपाल सम्भव छ ।

लेखक: विवेक त्रिपाठी

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top