महिलाको योनी को ब्याक्टेरिया प्रयोग गरेर “द अर्डर अफ योनी” नाम को बियर उत्पादन

काठमाडौँ, ८ भदौ । पोल्याण्डको एक बियर कम्पनीले “द अर्डर अफ योनी” नाम गरेको बियरलाई बजारमा ल्याएको छ । यस योनी बियरमा महिलाको योनीमा पाइने ल्यास्टिक अम्ल पाइन्छ । यसमा दुई हट मोडलहरु मोनिका र पाउलिनाको योनीको ब्याक्टेरिया प्रयोग गरिएको बताइएको छ । यौनाङ्गको ब्याक्टेरियाले कुनै पनि हानी गर्दैन जसले ल्याक्टिक अम्ल बनाउने काम गर्छ । ती मोडलहरुको यौनाङ्गबाट महिला चिकित्सकले योनी रस निकाल्छन् । त्यस योनी रसलाई ल्याबमा लगिन्छ अनि ल्याक्टिक अम्ल निकालिन्छ ।

कम्पनीले यस बियर दुई प्रकारमा उत्पाद गरेको छ । एक बोटल्ड लस्ट र अर्को प्यासन । यी दुवै बियरमा आठ प्रतिशत अल्कोहल हुन्छ । लस्टमा पाउनिला नामकी मोडेलको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ । प्यासनमा चाहीँ मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ । कम्पनीले यस प्रकारको बियरबारे सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि चर्चा र विवाद दुवै भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top