सिउरुङमा क्होइबो धींको शिलान्यास

लमजुङ, ८ भदौ l लमजुङको मस्र्याङदी गाउ“पालिका ३, को पर्यटकीय गाउ“ सिउरुङका स्थानीय गुरुङको संस्कारसंस्कृति सिक्ने र सिकाउने सा“स्कृतिक घर (क्होइ“बो धीं) निर्माणमा जुटेका छन् ।

सिउरुङमा निर्माण हुने क्होइ“बो धींको बिहीबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । गुरुङ जातिको धर्म, भाषा, संस्कार तथा संस्कृति जोगाउन अग्रसर स्थानीय क्होइ“बो धीं निर्माण गर्न एकजुट भएका हुन् । तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यतामा तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिका अध्यक्ष कूलप्रसाद गुरुङ, केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष गुरुङ र स्थानीय घ्याब्रे चिवा बिनजंग गुरुङले मन्त्रपाठ गरि क्होइ“बो धींको शिलान्यास गरिएको हो । क्होइ“बो धीं निर्माणका लागि स्थानीयले यसअघि १ लाख ७२ हजार रुपैया“ संकलन गरेको छ भने शिलान्यासको औपचारिक कार्यक्रममा २५ हजार रुपैया“ संकलन गरेको छ । करीब ४० लाख रुपैया“मा निर्माण हुने क्होइ“बो धीं का लागि तमु प्ये ल्हु संघ सेरे ना“सा इकाईका अध्यक्ष सुवेदार धनबहादुर गुरुङ र घ्याब्रे भीमबहादुर गुरुङले जग्गा दान गर्नुभएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले पछिल्लो समय गुरुङ समुदायको मौलिक बोन धर्मप्रति हिजो बाटो बिराएकाहरुले समेत अंगाल्न थालेकाले यसको संरक्षण र संवद्र्धन आवश्यक रहेको बताउनुभयो । गुरुङ समुदायको पे ता“ ल्हु ता“ (शास्त्र र संस्कारका कुरा) जगेर्नाको लागि क्होइ“बो धींको आवश्यकता परेको र हरेक गाउ“मा एउटा क्होइ“बो धीं निर्माणको अभियान थालिएको उहा“ले बताउनुभयो । कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय संगठन विभाग प्रमुख हर्क गुरुङ, तमु प्ये ल्हु संघ जिल्ला शाखा लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, मस्र्याङदी गाउ“पालिका वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, कार्यपालिका सदस्य पारकाशी गुरुङ, जिल्ला सदस्य लालजीत गुरुङ, पच्यु गुरु कूलप्रसाद गुरुङ, घ्याब्रे (क्ल्हेप्री) गुरु सन्तोष गुरुङ लगायतले गुरुङ समुदायको मौलिक धर्म बोन धर्मलाई जोगाउन र यसको प्रचारप्रसारको खा“चो रहेको बताउनुभएको थियो ।

तमु प्ये ल्हु संघ सेरे नासा इकाईका अध्यक्ष एवं सेरे ना“स क्होइ“बो धीं निर्माण समितिका अध्यक्ष सुबेदार धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य निर्माण समितिका सचिव सुवेदार गणेशबहादुर गुरुङले राख्नुभएको थियो । कार्यक्रमको संचालन कृष्ण गुरुङले गर्नुभएको थियो । कार्यक्रममा सहभागि हुन आएका तमु प्ये ल्हु संघका केन्द्रीय समिति, जिल्ला समिति, घ्याप्रे, पच्यु लगायतको टोलीलाई स्थानीय आमा समूहले भव्य स्वागत गरेको सेरे ना“स क्होइ“बो धीं निर्माण समितिका सल्लाहरका सुवेदार पूर्णसिंह गुरुङले बताउनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top