भाद्र ११ गते पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर

 पोखरा, ८ भदौ l पोखरामा भाद्र ११ गते सोमबार गाइजात्राको दिन अष्ट्रेलियन एजुकेशन फेयर २०१८ हुने भएको छ । एजुकेशन एण्ड माइग्रेसन कर्नर सिद्धार्थ चोकको आयोजनामा फेयर हुन लागेको कर्नरका प्रबन्ध निर्देशक क्षितिज तुलाचनले जानकारी दिए । फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढि कलेज तथा  युनिभर्सिटीका प्रतिनिधीहरुले परामर्श प्रदान गर्ने जनाइएको छ । बिशेष गरि एजुकेशन एण्ड माइग्रेसन एक्सपर्ट सुनिल उप्रेती, सिनियर मोटिभेटर पुरण श्रेष्ठले
बिद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षण पद्धती तथा रहनसहनका बारेका जानकारी दिने तुलाचनले बताए । फेयरका लागि बिद्यार्थीहरुले अनलाइन दर्ता गर्न मिल्ने
सुविधा पनि प्राप्त गर्नेछन ।

निशुल्क प्रबेश तथा रजिस्ट्रेसन सहितको फेयरमा ५ सय जना विद्यार्थी आउने अपेक्षा गरिएको कर्नरका प्रमुख कार्यकारी अधिकृत प्रदिप लम्सालले जानकारी दिए
। फेयरमा शैक्षिक परामर्शका अलावा बिभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइने छ । साथै सम्पुर्ण सहभागीहरु मध्यबाट गोलाप्रथा गरि ५ जनालाई विजयी घोषित
गरिने छ । विजयी सहभागीले आयोजकको तर्फबाट ट्याब्लेट र ग्याजेट पुरस्कारका रुपमा प्राप्त गर्ने पनि जनाइएको छ । एकदिने फेयर पोखराको चिप्लेढुंगा स्थित दि भिलेज रेष्टुेण्टमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म चल्ने लम्सालले बताए । सो फेयरमा अष्टे«लिया अध्ययन प्रकृयाका लागि भर्ना गर्न सकिने छ । जेहेन्दार बिद्यार्थीका लागि आयोजकले भाषा कक्षामा छुटका साथै छात्रवृत्ति समेत प्रदान गर्नेे व्यवस्था गरेको पनि जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top