करेन्ट लागेर एक महिला को मृत्यु

नुवाकोट, ७ भदौ  l   नुवाकोटमा आज करेन्ट लागेर एकजनाको ज्यान गएको छ । करेन्ट लागेर नुवाकोटको लामिछानेफेदीमा केरेन्ट लागेर स्थानी एक महिलाको ज्यान गएको हो । लत्रिएको तारमुनिबाट बजार जाने क्रममा करेन्ट लागेर लिखु गापा १ लमिछानेगाउँफेदीकी २३ वर्षीया तुलसा अधिकारीको ज्यान गएको हो ।

सदरमुकाम विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको लिखु गाउँपालिका १ लामिछानेफेदीमा विद्युत प्राधिरणको लापरवाहीका कारण करेन्ट लागेर उनको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । करेन्ट लागेर अन्य दुई जना घाइते पनि भएका छन् । मृतक तुलसाकी एक चार वर्षीया छोरी छन् भने श्रीमान रोजगारीका लागि काठमाडौमा रहेका छन् ।

करेन्ट लागेर अधिकारीको ज्यान गएपछि मृतक तथा घाइतेका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै पासाङल्हामु मार्ग बन्द गराएका छन् । दुई साता अगाडि गाडिएको बिजुलीको पोल ढल्केर जोखिम बढेको जानकारी गराउँदासमेत नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेका कारण घटना घटेको स्थानीयको आक्रोश छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top