पशु प्रजनन् तथा कृत्रिम गर्भाधान सम्बन्धि तालिम सुरु

काठमाडौँ, ४  भदौ l नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रिय कार्य समिति काठमाडौको आयोजनामा आजदेखी २ हप्ते पशु प्रजनन् तथा कृत्रिम गर्भाधान सम्बन्धि तालिम सुरु भएको छ । पशु सेवा तालीम केन्द्र पोखरा कास्कीको संयोजन एवम प्राविधिक सहयोगमा निजि प्राईभेट पाराभेटस्हरुलाई पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालीम प्रदान गर्न लागिएको नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

तालिमको उद्धघाटन गर्दै गण्डकी प्रदेशका सभासद विन्दु कुमार थापाले पशुपालनका क्षेत्रमा कृषकहरुको आकर्षण वृद्धिका साथै पशुधनको स्वास्थ्य संरक्षणमा प्राविधिकहरुको भुमिका महत्वपुर्ण हुने बताए ।

तालिममा कास्की सहित नवलपरासी, धादिङ्, चितवन, रुपन्देही र काभ्रे लगायत जिल्लाका १५ जना पशु प्राविधिकहरुको सहभागीता रहेको छ । नेल्टाले विभिन्न चरणमा कृत्रिम गर्भाधान सम्वन्धि तालिम दिँदै आएको छ । सातौँ लटको तालिम भने भदौ १६ पछि सुरु हुने श्रेष्ठले जानकारी दिएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top