पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला, टाउको र घाँटीमा चोट

काठमाडौँ, ४ भदौ l पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बबरमहलस्थित आफ्नै घरमा मृत फेला परेका ८० वर्षीय झाको टाउको र घाँटीमा चोट लागेको छ । प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । किचनको चक्कु प्रहार गरी राजदूत झाको हत्या भएको हुन सक्ने प्रहरीले शंका गरेको छ ।

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी आयरल्याण्ड गएको तेस्रो दिन झा मृत अवस्थामा फेला परेका हुन् । झाका छोराबुहारी शनिबार आयरल्याण्ड गएका थिए भने घटना हुँदा छोरी पनि घरमा नभएको बताइएको छ ।

प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top