गोमती युवा क्लबको आयोजनामा तिज गित प्रतियोगिता आयोजना हुने

समाचारपाटी, करापुटार, ३ भदौ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेको गोमति युवा क्लबको आयोजनामा खुल्ला तिजगित प्रतियोगिता हुने भएको छ ।

आगामी भदौ २८ गते रामबजारमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष यदु घिमिरेले जानकारी दिनुभयो । “सधै झै यसपालि पनि हामीले तिजगित प्रतियोगिताको आयोजना गरेका छौँ आशा छ विगतका वर्ष जस्तै यसपालिपनी सहयोग गर्ने व्यक्ति र संस्थाको सहयोग रहन्छ भन्ने आशा छ,” क्लबका अध्यक्ष घिमिरेले भन्नुभयो – “प्रतियोगितामा १५/१६ टिमले सहभागिता जनाउने हामीले अपेक्षा गरेका छौँ ।”

प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ७ हजार, सान्त्वना पुरस्कार ४ हजार रहेको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ नृत्य, भेषभुषा र रचनाकारलाई नगद २/२ हजारको पुरस्कारको व्यवस्था गरिहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क नलाग्ने आयोजकको भनाई रहेको छ । एउटा टिममा कम्तिमा ५ जना र बढीमा ७ जना हुनुपर्ने जनाइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top