मितिनी र सोल्टी दुई गैँडा आज चिन जाने

१ भदौ l

नेपालका एक जोडी गैँडा आज चीन जाँदैछन् । हावाहुरीका कारण चीनबाट विमान आउन नसकेपछि गैँडाहरु आज चिन जान लागेका हुन् । नेपालले उपहार स्वरुप चीनलाई दुई वटा गैँडा दिएको हो । यसले नेपालले एक जोडी गैँडा चीनलाई दिइसकेको छ । हिजो नै चीन पठाउने तयारी भए पनि चीनको गोञ्जाओ शहरमा हावाहुरी चलेका कारण आज पठाउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिएका छन् ।

चितवनबाट गएको मंगलबार राति मितिनी र सोल्टी नाम गरेका गैँडालाई काठमाण्डौ ल्याइएको थियो । गैँडा   खुमलटारमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । उपहार स्वरूप चीनमा पठाउनका लागि  २ वर्ष मुनी उमेरका गैँडालाई गएको वैशाखमै नियन्त्रणमा लिएर बूमामा  राखिएको थियो । यस भन्दा अघि गएको असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भद्र र रुपसी’ नामक एक जोडी गैँडा चीनलाई हस्तान्तरण गर्नुभएको थियो ।

गैँडा हस्तान्तरण कार्यक्रम आज बेलुकीका लागि तय भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौँ ल्याइएको छ । नेपालले पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’ लाई गएको असार २८ गते चीन पठाइसकेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top