४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २७ साउन l

बागलुङ  सवारी दुर्घटनामा २ घाईते
मिति २०७५/०४/२७ गते अन्दाजी ११:१५ बजेको समयमा जिल्ला बागलुङ काठेखोला गाउँपालिका ४ तंग्राम स्थित धम्जाबाट बागलुङ सदरमुकाम तर्फ आउदै गरेको ग१ज ४८६९ नम्बरको जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने वर्ष ४१ को बोलेन्द्र बि।क।र वर्ष १९ की आशा बि।क घाईते भई उपचारको लागि अञ्चल अस्पताल धवलागिरी बागलुङ पठाईएकोमा गम्भिर घाइते बोलेन्द्रलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई चालकलाई नियन्त्रणमा लिएको छ ।

बागलुङ भैसीले हान्दा १ जना घाईते
मिति २०७५/०४/२७ गते बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला बागलुङ गलकोट नगरपालिका ७ मल्म सिरुबारी बस्ने वर्ष ५० को धन बहादुर नेपाली आफ्नै गोठमा रहेको भैसि बध्ने क्रममा सोहि भैसिले हान्दा घाईते भई ईमर्जेन्सी पोलि क्लिनिक हटिया बागलुङ ल्याईएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गइ घाईतेलाई थप उपचारको लागी फेवासिटि अस्पताल पठाईएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top